१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

फष्ट लाफा ईन्टर फुटसल प्रतियोगिता सुरु : एम्मा एफसीको विजयी शुरुवात



बुटवल । फष्ट लाफा ईन्टर रुपन्देही फुटसल प्रतियोगिता २०७७ मा एम्मा एफसीले विजयी शुरुवात गरेको छ । लाफा समुहको बिहिबारदेखि शुरुभएको प्रतियोगितामा एम्माले ३५ प्लस ईन्टर एफसीलाई ३–० गोल अन्तरले पराजित गरेको हो । एम्माको जितमा प्रवेश क्षेत्रीले १ तथा अनिश शाक्यले २ गोल गरेका थिए ।

प्रतियोगिताको एक समारोहका बीच असल साथी केन्द्रका रमना रानाले उद्घाटन गरेकी थिईन् । सो अवसरमा बोल्दैरानाले खेलकुदमार्फत युवाबिच एकतावद्घ गराई सामाजिक काममा अग्रसर गराउन मद्दत मिल्ने बताईन ।

कार्यक्रममा फुटबल प्रशिक्षक याम गुरुङ, लाफा समुहका तारासिह रेश्मी, सल्लाहकार बबिन थापा, संरक्षक बासुदेव लामिछाने, फुलबारी गाईजका अध्यक्ष शिव राना, खेल संयोजक प्रविन थापा दर्लामीले स्थानिय खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको सफलताको शुभकामना दिए ।

प्रतियोगिताको उपाधि विजेताले नगद ३० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक वारिस रानाले बताए । यसैगरि उपविजेता नगद १५ हजार, कप, मेडल, प्रमाणपत्र तथा उत्कृष्ट ३ विद्याका खेलाडीहरुलाई समेत ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए । योगिकुटीस्थित लुम्बिनी फुटसल एरिनामा दुई दिनसम्म संचालन हुने प्रतियोगितामा डेढ लाख खर्च हुने अनुमान आयोजकको छ । जिल्लाका करीब २५ टिम सहभागी हुने उनले बताए ।

यसैबिच आयोजक र पत्रकारका बिचमा मैत्रीपुर्ण प्रतियोगिता समेत गरिने उनले बताए । लाफा समुहले वार्षिक क्यालेण्डर अनुसार खेलकुद गतिविधिसंगै सामाजिक कार्य गर्दै आएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  ६ : ५४ बजे

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

काठमाडौं । विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल

रुपन्देही २ मा काँग्रेस उम्मेद्वार चुन्नलाई मत दिन उद्योगी-व्यवसायीहरूको अपिल

बुटवल । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नं. २

रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी भीरबाट खस्यो

काठमाडौं । रामेछापमा निर्वाचन सामग्री बोकेको एक गाडी दुर्घटनामा परेको