९ चैत्र २०८२, सोमबार | March 23, 2026

भारतसँग गलवान भिडन्तमा चार सैनिकको मृत्यु भएको चीनद्वारा स्वीकार



भारतसँग पूर्वी लद्दाखको गलवान क्षेत्रमा भएको भिडन्तमा आफ्ना चार जना सेनाको ज्यान गएको चीनले स्वीकार गरेको छ ।

गलवान भिडन्तको ८ महिनापछि चीनले आफ्ना चार सेना मारिएको स्वीकार गरेको हो । चीनको सेन्ट्रल मिलिटरी कमिशनले शुक्रबार चार सेनाको नाम सार्वजनिक गर्दै उनीहरुलाई मरणोपरान्त उच्च सम्मान र उपाधी प्रदान गरेको छ ।

काराकोरम पर्वतमा तैनाथ पाँच जना फ्रन्टियर अफिसरलाई भारतसँग भएको सीमा टकरावमा राष्ट्रिय सम्प्रभुता र क्षेत्रीय अखण्डताको बचाउ गरेकोमा सेन्ट्रल मिलिटरी कमिसनले उच्च सम्मान गरेको पीएलए दैनिकलाई उदृध गर्दै ग्लोबल टाइम्सले जनाएको छ । जसमध्ये चार जनालाई मरणोपरान्त उपाधी प्रदान गरिएको हो ।

सेन्ट्रल मिलिटरी कमिसनले पीएलए सिनजियाङ्ग मिलिटरी कमान्टको रेजिमेन्टर कमान्डर क्यूई फबाओलाई ‘सीमा रक्षार्थ रेजिमेन्टल कमाण्डर नायक’ उपाधीले सम्मान गरेको छ । यसैगरी चेन होङ्गुनलाई ‘सीमा रक्षाको नायक’ले सम्मान गरेको छ भने जियानगाङ, जिओ सियुआन र वाङ ज़ुओरनलाई सीमाको रक्षार्थ प्रथम श्रेणीको मेरिटले सम्मानित गरेको छ ।

गत जुन १५ तारिखको राति भारतीय सेना र चिनियाँ जनमुक्ति सेनाबीच गलवान उपत्यकामा हिंसात्मक झडप भएको थियो । सन् १९६२ को रक्तपातपूर्ण युद्धपछि दुई मुलुकका सेनाबीच पहिलोपटक झडप भएको थियो । सो झडपममा परि भारतीय सेनाका कर्णेलसहित २० जनाले ज्यान गुमाएका थिए ।

गलवान झडपपछि चीन र भारतबीचको सम्बन्ध तिक्ततापूर्ण अवस्थामा पुगको छ । यद्यपी, दुवै देशका उच्चस्तरीय सैनिक र कुटनीतिज्ञबीच कैयौं चरणको वार्तापछि अहिले एलएसीबाट सेना हटाउने क्रम जारी रहेको छ । चिनियाँ जनमुक्ति सेना र भारतीय सेना पुरानै सैन्य ब्यारेकतर्फ फर्किएका छन् ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ९ : ०५ बजे

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी। बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा रु ६ करोड

सडक फराकिलो बनाउन आफ्ना घरटहरा भत्काउन दरवाङवासी आफै अग्रसर

म्याग्दी । मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा