२८ बैशाख २०८३, सोमबार | May 11, 2026

बैशाखमा निर्वाचन हुनै सक्दैन : कांग्रेस महामन्त्री कोइराला



कावासोती । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बैशाखमा कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने बताएका छन् ।

प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले संविधान नै च्यातेको आरोप लगाउँदै महामन्त्री कोइरालाले बैशाखमा कुनै पनि हालतमा निर्वाचन गर्न नसक्ने बताका हुन् ।

संविधानको रक्षा गर्नु नै नेपाली कांग्रेसको पहिलो प्राथमिकता रहेको कोइरालाले बताए । ‘नेपाली कांग्रेसको नेतृत्वमा निर्माण गरेको सविधान कार्यान्यवन गर्ने र रक्षा गर्ने काम पनि नेपाली कांग्रेसको काँघमा रहेको छ’, कोइरालाले भने ।

नेपाल प्रेस युनियन नवलपरासी पुर्वको आयोजनामा शुक्रबार कावासोतीमा भएको सुर्यभक्त अधिकारी पतनादेवी स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेसले गरेको विरोध कार्यक्रमहरु संविधानको रक्षा लागि भएको बताए ।

‘नेपाली कांग्रेस कत्ति पनि डराउने वाला छैन चुनावको डटेर सामना गर्छ’ कोइरालाले भने, ‘तर बैशाखमा चुनाव हुन सम्भव छैन ।’ ‘ चुनाव जहिले भएपनि कांग्रेस पहिलो पार्टी हुने उनले दाबी गरे ।

अहिले भएको संसद विघटनको विरोध गर्नुको कारण संविधान माथि कुठाराघात भएको र त्यसको संरक्षण गर्ने कर्तव्य नेपाली कांग्रेसको भएको उनको भनाइ थियो । संविधानलाई सहि बाटोमा ल्याउन पनि प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने बताउदै कोइरालाले संसद पुनःस्थापनका लागि काङ्ग्रेस एक्लै भएपनि लड्ने बताए ।

कार्यक्रममा यस वर्षको सुर्यभक्त पतनादेवी स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेललाई पुरस्कृत गरिएको थियो । पुरस्कारको राशी २५ हजार रहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ५ : ०५ बजे

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

काठमाडौं । सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका

टर्किस एयर विमान आगलागी : अन्तर्राष्ट्रिय उडान प्रभावित, ४ बच्चासहित २७७ यात्रु सबै सकुशल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानमा आगलागी भएपछि

इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरको जहाजमा आगो देखियो, सबै यात्रुको सकुसल उद्धार

काठमाडौं । टर्कीको इस्तानबुलबाट आएको टिके ७२६ नम्बरको टर्किस एयरलाइन्सको

आजको मौसम : केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका