१२ असार २०८३, शुक्रबार | June 26, 2026

बुटवलमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु



बुटवल । बुटवल उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा शुक्रबारदेखि दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरु भएको छ ।

बुटवल-११ एन्फा एकेडेमीको कम्प्लेक्स तथा मैदानमा एक भव्य समारोहका बीच बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले उक्त प्रतियोगिताको शुभारम्भ गरेका छन् । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिता १० गतेसम्म चल्नेछ ।

उद्घाटन समारोहमा प्रमुख सुवेदीले उपमहानगरपालिकाले खेलकुदका क्षेत्रलाई समृद्धिकै आधारका रुपमा लिएर सोही अनुरुपको महत्व दिएको बताए । उनले पूर्वाधार विकास देखि खेलाडीको पहिचान, प्रतिभा प्रष्फूटन देखि दक्ष प्रशिक्षकको व्यवस्थासम्मका काममा विशेष चासो दिएको बताए ।

त्यसअवसरमा उपप्रमुख गुमादेवी आचार्य, सामाजिक विकास समिति प्रमुख सीता थापा आचार्य, नेकपा रुपन्देहीका सहसंयोजक तेजेन्द्र केसी, नेपाली कांग्रेसका नगर सभापति खेलराज पाण्डे, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केसीलगायतले बोल्दै प्रतियोगिताको भव्य सफलताको कामना गरे ।

खेलकुदको विकासका लागि उपमहानगरले सुरु गरेका अभियानको प्रसंशा गर्दै समारोहका वक्ताहरुले त्यसलाई साकार पार्न राजनीतिक दल, निजी क्षेत्र र नागरिक अगुवाहरुसंग पनि सहकार्य गर्न जरुरी रहेकोमा जोड दिए ।

उद्घाटन सत्रमा बुटवलका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुले विशेष झाँकीसमेत प्रदर्शन गरेका थिए । नगरभित्रका १८ वटा सामुदायिक र ११ वटा निजी गरी कूल २९ वटा विद्यालयका करिब एक हजार ३ सय ३४ जना खेलाडीहरुको सहभागिता रहेको समितिका अध्यक्ष नन्दु काउचाले जानकारी दिए ।

विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई अन्य प्रतियोगितामासमेत सहभागि हुन पाउने उनको भनाइ छ । प्रतियोगिताका लागि विद्यागत समितिहरु गठन गरिएको अध्यक्ष काउचाको भनाइ छ । दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी तथा मार्शल आर्टतर्फ कराँते, तेक्वान्दोलगायतका सबै खेलमा सहभागी हुने सबै विद्यार्थीले शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।

कुल १ हजार ३ सय ३४ विद्यार्थी सहभागि रहेको प्रतियोगितामा ४२ स्वर्ण, ४२ रजत र ४२ कास्य पदकका लागि प्रतिष्प्रर्धा सुरु भएका छन् । विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लास्तरीय हुंदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको नगर खेलकुद विकास समितिका सदस्य सचिव ज्ञवालीले जानकारी दिए ।

प्रतियोगितामा एथ्लेटिक्स, रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, भलिबल,कबड्डी, करांते, तेक्वाण्डोलगायतका प्रतियोगिताहरु हुनेछन् ।

खेल शिक्षकलाई प्रशिक्षण दिएपछि प्रतियोगिता व्यवस्थित र प्रभावकारी

बुटवलले दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्नु सबै वडाका विद्यालयका खेल शिक्षकलाई विशेष प्रशिक्षण दिएको थियो । उक्त प्रशिक्षणले प्रतियोगिता व्यवस्थित र प्रभावकारी भएको बुटवल नगर खेलकुद विकास समितिको ठहर छ । मार्फत सबै १९ वटै वडाका सामुदायिक र संस्थागत गरी २९ विद्यालयका खेल शिक्षकहरुलाई एक हप्ते विशेष प्रशिक्षक प्रशिक्षण सञ्चालन गरिएको थियो ।

सोही प्रशिक्षण लिएका शिक्षकले आ-आफ्ना विद्यालयका विद्यार्थीलाई सिकाउँदै प्रतियोगिताका लागि तयार पारेर सहभागी गराएका छन् । प्रतियोगितालाई अझ व्यवस्थित, प्रभावकारी बनाउनुका साथै खेलाडी उत्पादनमा महत्वपूर्ण टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता अघि विषयगत शिक्षकलाई खेलकुद प्रतियोगिता बारेमा प्रशिक्षण दिइएको थियो ।

खासगरि खेलकुदका गतिविधिलाई झाराटराई बनाउने गरेका गुनासा आइरहेका बेलामा विद्यालयमा खेलकुद हेर्ने शिक्षकलाई नै विषय केन्द्रित प्रशिक्षण दिएर खेलकुदलाई व्यवस्थित बनाउने कोसिस नेपालमै पहिलोपटक बुटवलबाट सुरु भएको हो ।

बुटवलमा ३९ खेल मैदान थप व्यवस्थित हुँदै

बुटवल उपमहानगरपालिकाले खुला व्यायामशाला निर्माणदेखि विभिन्न खेलमैदानको निर्माण तथा स्तरोन्नितको काम गरिरहेको छ । १९ वडामा ३९ वडा खेल मैदान निर्माण तथा विस्तार गर्नेगरि योजनाबद्ध कामको थालनी भएको नगर खेलकुद विकास समितिका अध्यक्ष काउचाले बताए ।
बुटवलको एन्फा एकेडेमीका अतिरिक्त वडा नं.१३ जवईमा रहेको खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने गरि उपमहानगरले प्रदेश सरकारसंगको सहकार्यमा गुरुयोजना बनाएर काम गरिरहेको छ ।

विद्यालयमा रहेका मैदानलाई व्यवस्थित गर्ने, सबै वडामा खेलमैदान बनाउने, खुला व्यायामशाला बनाउने, खेल पूर्वाधारको विकास गर्दै दक्ष खेलाडी उत्पादन गर्ने विषयलाई उपमहानगरले नीति तथा कार्यक्रममै समावेश गरेको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ८ : ५७ बजे

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन्

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या २३५ पुग्यो, उद्धार कार्य तीव्र

काठमाडौं । उत्तरी भेनेजुएलामा लगातार गएका दुई शक्तिशाली भूकम्पमा परी

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

काठमाडौं । आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस

साइबर अपराध मुद्दामा पत्रकार विनोद ढकाल पक्राउ

काठमाडौं । पत्रकार विनोद ढकाल साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका

नक्कली औषधि प्रकरणबारे औषधि व्यवसायी संघ रुपन्देहीको ध्यानाकर्षण, दोषीलाई कडा कारबाहीको माग

बुटवल । बुटवलस्थित सैनामैना हेल्थ सेन्टरमा नक्कली औषधि फेला परेको