१८ श्रावण २०८३, सोमबार | August 4, 2026

ललितपुर महानगरद्धारा गौतमबुद्ध रङ्गशालालाई २० लाख सहयोग



ललितपुर । ललितपुर महानगरपालिकाले चितवन जिल्लामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्‍गशालालाई २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शुक्रबार धुर्मुस-सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

प्रमुख महर्जनले सरकारले गर्नुपर्ने कामको जिम्मा फाउण्डेसनले लिएर गरेकामा धुर्मुस-सुन्तलीको प्रशंसा गर्दै सो रङ्‍गशालाले नेपाललाई अन्तर्राष्ट्रियस्तरको ख्याति प्रदान गर्ने विश्वास व्यक्त गरे ।

फाउण्डेसनका अध्यक्ष कट्टेलले रङ्‍गशाला निर्माणको काम ८५ प्रतिशत सम्पन्‍न भइसकेको बताए। उनले भने, “आउँदो १४ महिनामा रङ्‍गशाला निर्माणको काम पूर्ण रुपमा सम्पन्‍न गर्ने विश्वास लिएका छाैं । यदि मुलुकको अवस्था सामान्य हुँदै गएमा तोकिएकै समयमै काम सम्पन्‍न हुनेछ ।” उक्त रङ्‍गशालामा २२ विधाका खेल खेल्न सकिन्छ ।

रङ्‍गशालामा ७७ जिल्लाका नाममा फरक-फरक कक्ष निर्माण हुनेछ जसमा ललितपुर नामक कक्ष पनि निर्माण गरिने छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले महानगरपालिकाले रङ्‍गशालालाई रकम सहयोग गरी गर्न बाँकी रहेका काममा सानो मद्दत पुर्‍याएको बताए । रासस

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ७ : १८ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क