८ बैशाख २०८१, शनिबार | April 20, 2024

मुख्यमन्त्री राईलाई भीम आचार्यको चुनौती, – हिम्मत भए प्रदेशसभा भंग गरेर देखाऊ



काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभा नै भंग गर्ने चेतावनी दिएको भोलिपल्ट प्रचण्ड नेपाल पक्षका नेता भीम आचार्यले हिम्मत भए भंग गरेर देखाउन चुनौती दिएका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता आचार्यले हिम्मत भए प्रदेश सभा भंग गरेर देखाउन राईलाई चुनौती दिएका हुन् । प्रचण्ड नेपाल पक्षको संसदीय दलका नेता बनेका आचार्यले प्रदेशसभा भंग गर्ने तागत र अधिकार राईसँग नभएको बताए । आचार्यले भने, ‘मुख्यमन्त्रीसँग तागत छ भने प्रदेशसभा भंग गरेर देखाउनुहोस् । धम्की दिने कुचेष्टा नगरे हुन्छ ।’

अविश्वासको प्रस्ताव सामना गर्न नसकेर राई र ओली पक्ष डराएर भागिरहेको टिप्पणी गरे । अविश्वास प्रस्ताव दर्ता भएपछि पहिला डटेर सामना गरिन्छ भनेका राईले दुई महिनाको अवधिमा सभामुख, उपसभामुख र सांसदहरुलाई धम्क्याउने मात्रै काम गरिरहेको आचार्यले आरोप लगाए । उनले थपे, ‘तर, पार नलागेपछि भंग गर्ने चेतावनी दिन थाल्नुभएको छ ।’ अल्पमतमा परेका मुख्यमन्त्री धेरैदिन भाग्न नसक्ने आचार्यको भनाइ छ । उनले अविश्वासको प्रस्तावमा नेपाली कांगेस र जनता समाजवादी पार्टीले समर्थन गर्ने विश्वास व्यक्त गरे ।

निरन्तर स्थगित हुँदै आएको प्रदेशसभा बैठक भोलि बोलाइएको छ । आचार्यले भोलिदेखि लगातार बस्नुपर्ने र अविश्वासको प्रस्तावमा छलफल हुनुपर्ने उनले बताए । संविधानले नै २५ प्रतिशत सांसदहरुलाई सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्ने अधिकार दिएको र त्यसलाई प्रक्रियामा लैजानु पर्नेमा संसद नै बस्न नदिइएको आचार्यले बताए ।

सरकार आफैले बोलाएको संसद आफैले अवरोध गरिरहेको बताउँदै उनले आफूहरु प्रतिगमनको विरुद्धमा आन्दोलन गरिरहेको र जनताले समेत साथ दिएकोले प्रतिगमनलाई घुँडा टेकाएरै छाड्ने दाबी गरे ।

 

 

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ३ : ५७ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा