२१ भदौ २०८३, आइतबार | September 6, 2026

मुख्यमन्त्री राईलाई भीम आचार्यको चुनौती, – हिम्मत भए प्रदेशसभा भंग गरेर देखाऊ



काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभा नै भंग गर्ने चेतावनी दिएको भोलिपल्ट प्रचण्ड नेपाल पक्षका नेता भीम आचार्यले हिम्मत भए भंग गरेर देखाउन चुनौती दिएका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता आचार्यले हिम्मत भए प्रदेश सभा भंग गरेर देखाउन राईलाई चुनौती दिएका हुन् । प्रचण्ड नेपाल पक्षको संसदीय दलका नेता बनेका आचार्यले प्रदेशसभा भंग गर्ने तागत र अधिकार राईसँग नभएको बताए । आचार्यले भने, ‘मुख्यमन्त्रीसँग तागत छ भने प्रदेशसभा भंग गरेर देखाउनुहोस् । धम्की दिने कुचेष्टा नगरे हुन्छ ।’

अविश्वासको प्रस्ताव सामना गर्न नसकेर राई र ओली पक्ष डराएर भागिरहेको टिप्पणी गरे । अविश्वास प्रस्ताव दर्ता भएपछि पहिला डटेर सामना गरिन्छ भनेका राईले दुई महिनाको अवधिमा सभामुख, उपसभामुख र सांसदहरुलाई धम्क्याउने मात्रै काम गरिरहेको आचार्यले आरोप लगाए । उनले थपे, ‘तर, पार नलागेपछि भंग गर्ने चेतावनी दिन थाल्नुभएको छ ।’ अल्पमतमा परेका मुख्यमन्त्री धेरैदिन भाग्न नसक्ने आचार्यको भनाइ छ । उनले अविश्वासको प्रस्तावमा नेपाली कांगेस र जनता समाजवादी पार्टीले समर्थन गर्ने विश्वास व्यक्त गरे ।

निरन्तर स्थगित हुँदै आएको प्रदेशसभा बैठक भोलि बोलाइएको छ । आचार्यले भोलिदेखि लगातार बस्नुपर्ने र अविश्वासको प्रस्तावमा छलफल हुनुपर्ने उनले बताए । संविधानले नै २५ प्रतिशत सांसदहरुलाई सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्ने अधिकार दिएको र त्यसलाई प्रक्रियामा लैजानु पर्नेमा संसद नै बस्न नदिइएको आचार्यले बताए ।

सरकार आफैले बोलाएको संसद आफैले अवरोध गरिरहेको बताउँदै उनले आफूहरु प्रतिगमनको विरुद्धमा आन्दोलन गरिरहेको र जनताले समेत साथ दिएकोले प्रतिगमनलाई घुँडा टेकाएरै छाड्ने दाबी गरे ।

 

 

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ३ : ५७ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका