२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

डा. बाबुराम भट्टराई उपचारका लागि भारत जाँदै



काठमाडौं । केही दिनदेखि बिरामी भएका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई उपचारका लागि भारत जाने भएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराई आज नेपाल वायुसेवा निगमको जहाजबाट भारतको।दिल्ली जान लागेका हुन । पेटमा समस्या देखिएपछि उनी उपचारका लागि काठमाडौँको निदान अस्पतालमा भर्ना भएका थिए ।

परीक्षणका क्रममा उनको ‘न्युरो इन्डोक्राइनको ट्युमर’ रहेको आशंका गरेपछि थप उपचारका लागि भट्टराई दिल्ली जान लागेका हुन ।

दिल्लीमा उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’ अस्पतालमा हुनेछ । उपचारका लागि दिल्लीमा रहँदा उनको बसाइ दिल्लीमा रहेको नेपाली दुतावासमा हुनेछ ।

भट्टराईसँगै पत्नी हिसिला र उनका प्रेस संयोजक विश्वदीप पाण्डेय पनि दिल्ली जाँदैछन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ८ : ३८ बजे

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता

बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख