७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

अर्थमन्त्री पौडेल गृहजिल्ला आएपिच्छे शिलन्यास र उदघाटनको चाङ, चल्ने भयो बुटवल-नुवाकोट केवलकार



बुटवल । केपी ओली सरकारले घोषणा गरेको निर्वाचनको मिति नजिकिएसँगै नेकपा ओली पक्षका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित उदघाटन र शिलान्यासका कार्यक्रमलाई तिब्रता दिएका छन् ।

२ महिना पहिले एउटै परियोजना अन्तर्गत तेस्रो पटक झुम्सा बुटवल खानेपानीको शिलान्यास गरेका पौडेलले अघिल्लो महिना कार्य सम्पन्न भएको झण्डै डेढ वर्ष पुगेको तिनाउ नदीको पुल उदघाटन गरेका थिए । पौडेलले अघिल्लो महिनामा नै २०७२ सालमा थालिएको बुटवल बेलहिया सडक खण्डको अन्तिम खण्ड राजमार्ग चौराहादेखि चिडियाखोला खण्डको पनि शिलान्याश गरेका थिए । उनले केहि महिना पहिले तिनाउ दानवनदि करिडोरको पनि शिलान्याश

अर्थमन्त्री पौडेलले आज मात्र बुटवलदेखि नुवाकोटगढी पुग्ने करिब २ किलोमिटर दुरीको केवुलकार लाइन निर्माणका शिलान्यास गरेका छन् । पौडेलले गरेको शिलान्याशले सार्थकरुप ग्रहण गरे अवको डेढवर्षमा ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा प्राकृतिक हिसाबले पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको पाल्पाको तिनाउ–२ मा अवस्थित नुवाकोट गढीसम्म केवुलकारमा बसेर पुग्न सकिने भएको छ । ने भएको छ ।

नुवाकोटमा केबलकार सञ्चालनको लागि सिद्धार्थ केबलकार प्रालीले यस अघि नै सरकारबाट वन क्षेत्र उपयोग गर्ने स्वीकृती लिएर केही काम अगाडि बढाइसकेको छ । केबलकारको आवश्यक पूर्वाधाार निर्माणको काम सुरु भईसकेको प्रालीका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी दिएका छन् । १८ महिना भित्रै बुटवल–नुवाकोट केवुलकार सञ्चालनका लागि करिब ७५ करोडको लगानीमा ठेक्का सम्झौतथा भएको हो । ५० जना पर्यटन व्यवसायीहरु आवद्ध सिद्धार्थ केवलकार प्रा.लिले निर्माणमा लगानी गरेका छन् ।

मनोरम हिमश्रींखलाका साथै तराईका फाँट र भैरहवासम्मका दृष्य देख्न सकिने नुवाकोट गढीसम्म पुग्नका लागि केवुलकार विस्तार हुने भएपछि पर्यटकलाई सहज हुने भएको छ । २२।२४ से राज्यका बेला राजा मणिमुकुन्द सेनको गृष्मकालिन दरबार, तोपहान क्षेत्र, खरखजनाघर, रानीकुवा समेत रहेको नुवाकोट सम्म पुग्न केवलकार सञ्चालनसँगै यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने पर्यटन व्यवसायी माधव नेपालले बताए ।

ऐतिहासिक स्थल मणिमुकुन्द सेन उद्धानबाट २ घण्टाको पैदल यात्रा गरी जान सकिने नुवाकोटलाई रुपन्देहीको ऐतिहासिक स्थल जीतगढी किल्लासँग जोडेर विकास गर्ने सरकारको लक्ष्य रहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ३ : ०२ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने