११ भदौ २०८३, बिहिबार | August 27, 2026

शारीरिक एवं मानसिक रुपमा तरङ्गित बनाउने कोरोना विरुद्धको खोप



कोरोना विरुद्धको खोप लगाउन भनेपछि झण्डै ३ वटा कार्यक्रम छाडेर बुटवलका पत्रकार विकास पराजुली खोप लगाउन बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुगेका थिए । पत्रकार महासंघले संयोजन गरेर सरकारको दोस्रो चरणको खोप अभियान सुरुभएकै दिनमा खोप लगाउन पाउँदा विकास खुसी पनि थिए । निम्ता पाएको कम्तिमा ४ वटा कार्यक्रम छाडेर खोप लगाउन प्रादेशिक अस्पताल पुगेर खोप लगाएको ८–९ घण्टा उनलाई केहि भएन । आनन्दले बाँकी कामहरु सम्पन्न पनि गरे । तर रात छिप्पिँदै गयो, खोपको प्रभावपनि बढ्दै गयो । फागुन महिनाको सुरुवातसँगै बढ्न थालेको गर्मीको गतिले उनलाई पटक्कै छोएन । शरीर लुगलुग काप्न थाल्यो, मुख सुक्न थाल्यो र हनहनी ज्वरो बढेर आयो । एकमन त लाग्यो बेकारमा खोप लगाइएछ । अर्को मनले भन्यो प्रभाव देखिन्छ भन्थे त्यही होला । लगातार ३ टेबलेट सिटामोल खाएपछि भने ज्वरो नियन्त्रणमा आयो ।

पत्रकार महासंघ रुपन्देहीका तर्फबाट आफुले पनि खोप लगाउँदै र अन्य पत्रकारहरुको समन्वय गर्दै दिनभरी खटेका महासंघका जिल्ला उपाध्यक्ष दिनेश पाण्डे दिनभरी खोप लगाउने कार्यमा सहयोगी भएर खटिए । रातपरेपछि उनलाई पनि ज्वरो चक्र्यो । १ टेबलेट सिटामोलले पनि छोएन । मध्यरातको छटपटिकै बीच पाण्डेले फेसबुकमा स्टाटस लेखे “खोपको मज्जा आईराछ” ।

फागुन २ र ३ पत्रकारहरुका लागि खोप लगाउन छुट्याइएको दिन थियो । धेरै पत्रकारहरुले खोप केन्द्रमा पुगेर खोप लगाए । खोप लगाउने अधिकांसलाई राति थुरथुरी कमायो । हनहनी ज्वरो आयो । खोप लगाएका मध्य निकै कम पत्रकारलाई भने कुनै संकेत देखिएन । पत्रकार महासंघका कोषाध्यक्ष स्वस्तिक श्रेष्ठ दिनभरी खोप लगाउने कार्यमा खटिए, साँझ फुटसल खेले र त्यही राती साईक्लिङ पनि गरे । हल्का शरिर दुख्ने बाहेक उनलाई केहि भएन ।

पहिलो दिन खोपलगाएका पत्रकारहरुको सामाजिक सञ्जालका स्टाटस हेरेपछि अर्को दिन खोप लगाउने सुर कसेका कतिपय पत्रकारहरु खोप लगाउनै गएनन् ।

अहिले भारतले अनुदानमा दिएको कोभ्याक्सिनको खोप अभियान सञ्चालनमा छ । भारतले नेपाललाई १० लाख डोज कोभ्याक्सिन खोप अनुदानमा उपलब्ध गराएको थियो । भारतबाट थप २० लाख कोरोना खोप सरकारले खरिद गरेको छ । त्यसमध्ये पहिलो खेप त आइतबारै नेपाल आइपुगेको छ । बाँकी १० लाख डोज खोप पनि केही दिनमा आउँदैछ । खोप कुटनीतिमा एक पाइला अघि सरेर छिमेकीलाई उपलब्ध गराएको भारतले भने आफ्नो मुलुकको १ करोड जनसंख्यालाई मात्र खोप लगाएको छ । १ अर्ब ३५ करोड जनसंख्या भएको भारतमा बल्ल १ करोडले कोरोना खोप लगाउन पाएका छन् ।

जसका कारण, खोपको प्रभाव कति समयलाई हो ? खोप लगाएपछि पनि स्वास्थ्य सावधानी अपनाउन किन भनिएको छ ? खोप लगाएकालाई कोरोना हुनै सक्दैन भन्ने ग्यारेण्टी खोई ? भन्ने जस्ता प्रश्नहरु पनि खोपका बिषयमा उठाइएको छ । अर्थात, कतै ट्रायल फेजकै बीचमा खोप लगाइएको त छैन भन्ने आशंका पनि नेपालमा कतिपयले गर्ने गरेका छन् । तर, चिकित्सकहरुले भने खोप लगाउन सुझाव दिएका छन् ।

खोप लगाएपछि कोरोना हुन्न भन्ने कसैले ग्यारेण्टी नगरेकाले आफु खोप लगाउन नगएको नेपाल टेलिभिजन रुपन्देहीकी रिपोर्टर कमला पाण्डे बताउँछिन् । “सबै लक्षण मिल्दो ज्वरो आउँदा त कोरोना रिपोर्ट नेगेटिभ आयो, खोप किन लगाउने हो र ? म त लगाईन ।” उनले भनिन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल भने विश्व स्वास्थ्य संगठनले स्विकृत प्रदान गरेको र विषयगत विज्ञहरुले पनि ७० प्रतिशत भन्दा बढी प्रभावकारी भनेपछि नागरिकले खोप लगाउनु नै श्रयस्कर हुने बताउँछन् । कोरोनाले थलिएर निकै सास्ती खेपेका डा. खनालले खोप लगाउनु पूर्व सामान्य सिटामोलको जोहो गरेर खोप लगाउन उपयुक्त हुने बताए । अघिल्लो महिना मात्र कोरोना निको भएर कार्यक्षेत्रमा उपस्थित भएका डा. खनालले पनि खोप लगाएको र झण्डै २ दिन ज्वरोले ग्रस्त बनाएको बताउँछन् ।

बिश्व बजारमा खोप उत्पादनमा वर्चश्व राख्ने भारतले उत्पादन गरेको कोभिसिल्ड अहिले नेपालमा प्रयोग भईरहेको छ । स्वास्थ्य मन्त्रालयले चिनियाँ कम्पनी सिनोभ्याकले उत्पादन गरेको भेरोसेललाई पनि आपतकालिन स्वीकृत प्रदान गरिसकेको छ । चिनियाँ खोप नेपाल आइसकेको त छैन, तर चिनियाँ खोपले ज्वरो नआउने पो होकी भन्ने कतिपय व्यक्तिहरु पनि खोप केन्द्रमा देखिए । उनीहरुले चिनियाँ खोप आएपछि मात्र लगाउने समेत बताए ।

कोरोना भाइरसको महामारी पहिलो पटक चीनले नै ब्यहोरेका कारण उसले बनाएको खोप थप प्रभावकारी हुनसक्ने अनुमान पनि गरिएको छ ।

चीनबाट पनि खोप आएपछि सबै खोपको परिणाममुखी प्रभाव हेरेमात्र खोप लगाउने विचारमा छन् बुटवलका युवा पत्रकार कपिल ज्ञवाली । उनले सबैको प्रभाव हेरेर मात्र खोप लगाउने वा नलगाउने निर्णय गर्ने बताए । “चीनको सिनोभ्याक्स र डब्लुएचओले प्याकेजमा दिने कोभ्याक्सको खोप बजारमा आएर त्यसको प्रभाव देखिएपछि बल्ल खोप लगाउने वा नलगाउने निर्णय गरौंला”, उनले भने ।

खोपका बारेमा आएका केहि तर्कहरुका कारण पनि खोप लगाउन हिच्किचाउनेहरु देखिएका छन् । १८ वर्ष मुनिकाले खोप नलगाउने भनिएको छ, तर कारण बताइएको छैन । गर्भवती, वा बच्चालाई दुध खुवाईरहेकी महिलाले नलगाउने भनिएको छ, तर नलगाउनुपर्ने कारण खुलाइएको छैन । खोपलाई आम नागरिकमा विश्वस्त बनाउन खोपका सकारात्मक र नकारात्मक पाटोहरु केलाएर आम नागरिकलाई सुसचित गराउन जरुरी देखिन्छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ५ : ०२ बजे

भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी

भोटेकोशी बाढी : ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४०

भोटेकोशीमा पुनः बाढीको जोखिम, चीनले नेपाललाई गरायो सतर्क

काठमाडौं। भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल बढ्दै

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ