२२ भदौ २०८३, सोमबार | September 7, 2026

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्‍यो ।

सुदूरपश्चिमका आरिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै नटआउट ४५ रनको पारी खेले । उनले एक चौका र तीन छक्का प्रहार गर्दै टोलीलाई सन्तोषजनक स्कोरसम्म पुर्‍याए । ओपनर ईशान पाण्डेले ३५ बलमा ३८ रन जोड्दा जोश ब्राउनले २५ बलमा २४ रन योगदान गरे ।

बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछाने प्रभावकारी बने । ४ ओभरमा मात्र २० रन खर्चिँदै उनले तीन विकेट हात पारे । प्रतिश जीसीले दुई विकेट तथा बसिर अहमदले एक विकेट लिन सफल भए ।

अब विराटनगरले जितका लागि १४८ रनको लक्ष्य पछ्याउनेछ ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  १२ : ५९ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११