११ भदौ २०८३, बिहिबार | August 27, 2026

अब एक क्लिकमा हुनेछ देशभरको माटोको गुणस्तर मापन



काठमाडौं । अब देशभरको माटोको गुणस्तर कस्तो छ भनेर एकैठाउँबाट बसेर जानकारी प्राप्त गर्न सकिने भएको छ । कम्प्युटरको माध्यमबाट देशको जुन कुनको माटो भएपनि त्यसको वैज्ञानिक परीक्षण र विश्लेषण गर्ने प्रविधिको काम सम्पन्न भएको छ ।

कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले तयार पारेको देशैभरिको माटोको परीक्षण गर्ने विद्युतीय नक्साङ्कन (डिजिटल म्यापिङ) प्रविधिलाई यही फागुन १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेभएका छन् ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वैज्ञानिकहरूले मन्त्रालयलाई सबै प्राविधिक तयारी पुरा भएको जानकारी गराएपछि उद्घाटनको समय निकालिएको कृषि मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले जानकारी दिएका छन् ।

विद्युतीय म्यापिङबाट देशको जुनसुकै कुनामा क्लिक गरेपनि सो ठाउँको माटोको गुणस्तरबारे जानकारी पाउन सकिन्छ । नार्कका वैज्ञानिकहरुले सोही अनुसार म्यापिङ तयार पारेका हुन् । यसका लागि अहिलेसम्म ५७ वटा जिल्लाबाट २३ हजार माटोको नमुना सङ्कलन गरी विश्लेषण गरिएको छ । यसरी संकलित माटोको विश्लेषण स्याटलाइटमार्फत गरिएको छ ।

सिमेटे प्राविधिक सहयोग र यूएएआईडीको आर्थिक सहयोगमा नेपाल सिड एन्ड फर्टिलाइजर आयोजनाले माटोको विद्युुतीय म्यापिङ तयार गरेको हो । यसरी माटोको म्यापिङ गर्ने नेपाल दक्षिण एशियाली मुलुकमा पहिलो देश बनेको छ ।

कहाँ के कुरा लगाउने, कहाँ कति रासायनिक मल प्रयोग गर्ने, कहाँ कुन मौसममा के लगाउन सकिने र त्यो सबै मोटोको गुुणस्तरले नै स्पष्ट गर्नेगर्छ । त्यसैले विद्युतीय म्यापिङमार्फत माटोको गुणस्तर जानकारी लिई किसानलाई बाली लगाउन सजिलो हुन्छ । माटो वैज्ञानिक गैरेका अनुसार विद्युतीय म्यापिङले ठ्याक्कै शतप्रतिशत परिणाम नदिए पनि नजिक नजिकको परिणाम दिन्छ जसबाट किसानलाई बाली लगाउन निकै सजिलो हुन्छ ।

कुनै ठाउँको मोटोको बारेमा जानकारी लिनुुपर्ने भएमा सो स्थानमा क्लिक गरेपछि थाहा हुन्छ । त्यो विद्युतीय म्यापिङबाट माटोमा रहेको नाइट्रोजन, फस्फोरस, पोटास, अर्गानिक म्याटर, पीएच, तराईमा जिङ्क र वोरोनबारे जानकारी लिन सकिन्छ ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ११ : ०२ बजे

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि

उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा,

रूसी राष्ट्रपति पुटिनद्वारा बाढीपहिरोमा परी ज्यान गुमाउनेप्रति दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालमा बाढीपहिरोका कारण भएको

बेलायती प्रधानमन्त्रीको नेपाललाई १ अर्ब सहयोगको घोषणा

लन्डन । बेलायती  प्रधानमन्त्री एन्डी बर्नहमले बुधबार आएको आकस्मिक बाढीपछि