२० मंसिर २०८२, शनिबार | December 6, 2025

भैरहवा कान्छी बजारको तरकारी तथा फलफूल बजारमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु



रुपन्देही । नबिल बैंकले भैरहवा कान्छी बजारकोे तरकारी/फलफूलबजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ ।

सोमबार नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यलय भैरहवाका निर्देशक सुदिप फुयाँलले फलफूल खरिद गरेर क्यूआर कोडमार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु गरेका हुन् । उद्घाटनमा राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका निर्देशक फुयाँलले तरकारी/फलफूल पसलको अवलोकन र निरीक्षण गरेपछि केही पसलमा खरिद गरी आफ्नो मोबाइल बैंकिङको क्यूआर कोडमार्फत भुक्तानी सेवा सुरुवात गरेका थिए ।

अब यसबजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै खरिद गरेको तरकारी ÷फलफूलको रकम भुक्तान गर्न सक्नेछन् । साथै नबिल बैंक भैरहवा शाखाको पहलमा वल्र्ड लिंक नेपालले भुक्तानी सेवालाई सहजीकरण गर्न उक्तबजार क्षेत्रमा निःशुल्क वाईफाई समेत जडान गरिदिएको छ ।

क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका निर्देशक सुदिप फुयाँल, नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका सहायक निर्देशक रमेश न्यौपाने, नबिल बैंकका लुम्बिनी प्रदेशका प्रमुख यज्ञप्रसाद शर्मा, नबिल बैंक भैरहवा शाखाका प्रबन्धक लिलाप्रसाद ओझा, नबिल बैंकका लुम्बिनी प्रदेशका प्रदेश प्रबन्धक मधुजंग कार्की र उक्त बजार व्यबस्थापन समितिका अध्यक्ष दिपक सहानीको उपस्थिति थियो ।

नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त छ । छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो पटक उपभोक्ताहरु यो नविन सेवातर्फ आकर्षित भइरहेका छन् ।

डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि नबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो । अहिले बैंकको साथमा देशभर २,००० भन्दा बढी क्यूआर सेवा दिने व्यावसायिक प्रतिष्ठानहरु रहेका छन् ।

नबिल बैंक नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो । ‘नया’ प्रविधि अपनाउने र नवीन प्रोडक्टका साथै सेवाहरु सुरु गर्ने काममा नबिल सधैं नै अगाडि देखिएको छ ।

नबिल बैंकले कोभिड महामारीकै बीचमा नबिल डिजी बैंक स्थापना गरेर उपभोक्ताको हरेक कामहरुलाई डिजिटलमार्फत सेवा पुराइरहेको छ । बैंकले ग्राहकहरुको आवश्यकताहरु पूरा गर्न डिजिटल मार्गहरुको अन्वेषण समेत गर्दैछ । बैंकले मुलुकको पहिलो डिजिटल बैंक बन्ने लक्ष्य राखेको छ । नबिल डिजी बैंकले लक्ष्य हासिल गर्न ग्राहक टच पोइन्टहरु र आन्तरिक प्रक्रियाहरु क्रमिक रूपमा अगाडि बढाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ६ : १६ बजे

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी