१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

कालिकालाई दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उपाधि



बुटवल । देविनगरस्थित एन्फा एकेडेमी खेलमैदानमा सम्पन्न दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा कालिका मानव ज्ञान मावि प्रथम भएको छ ।

प्रतियोगितामा कुल १२ स्वर्ण, ५ कास्य र ४ रजत पदकसहित २१ पटक जित्दै प्रथम हुन सफल भएको छ । प्रतियोगितामा ४ स्वर्ण, ९ कास्य र ७ रजत पदक जित्दै नबिन औद्योगिक मावि दोस्रो भएको छ । प्रतियोगितामा न्यु होराईजन मावि ४ स्वर्ण, ४ कास्य र ३ रजत पदक जित्दै तेस्रो तथा कान्ति मावि ३ स्वर्ण, ४ कास्य र ४ रजत पदक जित्दै चौथौ स्थान हासिल गरेको छ ।

नगर खेलकुद विकास समितिको बुटवलको आयोजनामा शुक्रबारदेखि बुटवल–११ एन्फा एकेडेमीको कम्प्लेक्स तथा मैदानमा नगरभित्रका १८ वटा सामुदायिक र ११ वटा निजी गरी कूल २९ वटा विद्यालयका करिब एक हजार ३ सय ३४ जना खेलाडीहरुले विभिन्न खेलमा प्रतिस्प्रर्धा गरेको समितिका अध्यक्ष नन्दु काउचाले बताए । प्रतियोगितामा एथ्लेटिक्स, रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, भलिबल,कबड्डी, करांते, तेक्वाण्दो लगायतका प्रतियोगिताहरु भएका थिए ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै खेलाडीको पहिचान, प्रतिभा प्रष्फूटन देखि दक्ष प्रशिक्षकको व्यवस्था गर्ने काममा आफुहरु लोगको बताए ।

कुल १ हजार ३ सय ३४ विद्यार्थी सहभागि रहेको प्रतियोगितामा कुल ३० स्वर्ण, ३० कास्य र ३४ रजत पदकको टुगो लागेको थियो । विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लास्तरीय हुंदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको नगर खेलकुद विकास समितिका सदस्य सचिव कोपिला ज्ञवालीले जानकारी दिए ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ८ : ०१ बजे

रुपन्देही २ मा काँग्रेस उम्मेद्वार चुन्नलाई मत दिन उद्योगी-व्यवसायीहरूको अपिल

बुटवल । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नं. २

रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी भीरबाट खस्यो

काठमाडौं । रामेछापमा निर्वाचन सामग्री बोकेको एक गाडी दुर्घटनामा परेको

प्रलोपा गण्डकी अध्यक्ष यज्ञ बल्लभ शर्मा नेकपामै फर्किए

बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का केन्द्रीय सदस्य तथा गण्डकी

रुपन्देही–२ मा कसैसँग तालमेल वा समर्थन गर्ने नीति लिएको छैन : राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही क्षेत्र नं २

उपेन्द्र यादवको अपील – ‘भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्’

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आम