१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कालिकालाई दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उपाधि



बुटवल । देविनगरस्थित एन्फा एकेडेमी खेलमैदानमा सम्पन्न दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा कालिका मानव ज्ञान मावि प्रथम भएको छ ।

प्रतियोगितामा कुल १२ स्वर्ण, ५ कास्य र ४ रजत पदकसहित २१ पटक जित्दै प्रथम हुन सफल भएको छ । प्रतियोगितामा ४ स्वर्ण, ९ कास्य र ७ रजत पदक जित्दै नबिन औद्योगिक मावि दोस्रो भएको छ । प्रतियोगितामा न्यु होराईजन मावि ४ स्वर्ण, ४ कास्य र ३ रजत पदक जित्दै तेस्रो तथा कान्ति मावि ३ स्वर्ण, ४ कास्य र ४ रजत पदक जित्दै चौथौ स्थान हासिल गरेको छ ।

नगर खेलकुद विकास समितिको बुटवलको आयोजनामा शुक्रबारदेखि बुटवल–११ एन्फा एकेडेमीको कम्प्लेक्स तथा मैदानमा नगरभित्रका १८ वटा सामुदायिक र ११ वटा निजी गरी कूल २९ वटा विद्यालयका करिब एक हजार ३ सय ३४ जना खेलाडीहरुले विभिन्न खेलमा प्रतिस्प्रर्धा गरेको समितिका अध्यक्ष नन्दु काउचाले बताए । प्रतियोगितामा एथ्लेटिक्स, रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, भलिबल,कबड्डी, करांते, तेक्वाण्दो लगायतका प्रतियोगिताहरु भएका थिए ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै खेलाडीको पहिचान, प्रतिभा प्रष्फूटन देखि दक्ष प्रशिक्षकको व्यवस्था गर्ने काममा आफुहरु लोगको बताए ।

कुल १ हजार ३ सय ३४ विद्यार्थी सहभागि रहेको प्रतियोगितामा कुल ३० स्वर्ण, ३० कास्य र ३४ रजत पदकको टुगो लागेको थियो । विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लास्तरीय हुंदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको नगर खेलकुद विकास समितिका सदस्य सचिव कोपिला ज्ञवालीले जानकारी दिए ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ८ : ०१ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर