११ श्रावण २०८३, सोमबार | July 27, 2026

बुटवलमा उद्योगी व्यवसायीको चुनाबी माहोल, आज उज्वल कसजुको उम्मेदवारी घोषणा



बुटवल । वि.स. २०१० मा स्थापना भएको बुटवल उद्योग बाणिज्य संघको र्निाचनले बुटवलको माहोल तातेको छ । स्वत कार्यसमितिका वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष निर्वाचित गर्नु पर्ने समितिको प्रस्ताव अस्विकार गर्दै संघका एकजना उपाध्यक्षले अध्यक्ष पदको उम्मेदवारी दर्ता गराएपछि आज संघको कार्यसमितिका तर्फबाट वरिष्ठ उपाध्यक्ष उज्वल कसजुलाई अध्यक्षको उम्मेदवार बनाउने घोषणा गरेको छ । संघको कार्यसमितिले आज पत्रकार सम्मेलन गर्दै कसजुलाई अध्यक्षमा उम्मेदवार बनाउने घोषणा गरेको हो ।

२ दिन अघि संघका वाणिज्य तर्फबा उपाध्यक्ष हरि प्रसाद अर्यालले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

बुटवल उद्योग बाणिज्य संघले आज आयोजित पत्रकार सम्मेलनमा कसजुको उम्मेदवारलाई स्वाभाविक भन्दै संघमा सहमतिय वातावरण बनाउन कसजुलाई जिताउन आग्रह गरिएको थियो । कसजु कार्यसमिति सदस्य हुदै कोषाध्यक्ष, बाणिज्य उपाध्यक्ष र बरिष्ठ उपाध्यक्षको जिम्मेवारी निर्वाह गरि सकेको संघका अध्यक्ष खिमबहादुर हमालले बताए ।

पत्रकार सम्मेलनमा आफ्नो उम्मेदवारी बारे जानकारी गराउदै कसजुले आफ्नो नेतृत्वमा संघको संस्थागत बिकास र ब्यवसाय मैत्री बनाउन कृयाशिल रहने प्रतिवद्धता जनाए ।

संघका पुर्व अध्यक्षहरु राजेन्द्र प्रसाद वझा, निर्मल प्रसाद लाकौल, अर्जुनमान सैजु,महेशमान सिंह, नवराज श्रेष्ठ र वर्तमान अध्यक्ष खिम बहादुर हमाल सहित पत्रकार सम्मेलनमा उपस्थित भएका थिए ।

१३ गते हुने निर्वाचनका लागि परेको उम्मेदवारीमा वरिष्ठ उपाध्यक्षमा दिनेश श्रेष्ठ, उद्योग तर्फको उपाध्यक्षमा टंक गैरे, वाणिज्य उपाध्यक्षमा नरेश्वर पौडेल र महासचिवमा विमलराज भट्टराई निर्विरोध निर्वाचित भईसकेका छन् ।

त्यसैगरि एसोशियतमा आनन्द ओझा निर्विरोध भएका छन् भने उद्योग सदस्यमा निर्मित कसजु, नरेश श्रेष्ठ, संजय जयसवाल, नेत्र पाण्डे निर्विरोध भएका छन् । वाणिज्य सदस्यमा मनोज ध्वजु, प्रकाश श्रेष्ठ, प्रतिक पोखरेल र काशिराम शर्मा निर्विरोध निर्वाचित भएका छन् ।

पदाधिकारीमा महिला सदस्यमा २ जनाका लागि ४ जनाले उम्मेदवारी दिएकाछन् भने कोषध्यक्षमा २ जना, सचिवमा ४ जना र खुल्ला सदस्य तर्फ १४ जनाको उम्मेदवारी परेको छ । खुल्ला सदस्य ७ जना जिर्वाचित हुने छन् ।

बुटवल उद्योग बाणिज्य संघको ६४ औं साधारणसभा तथा २४ औं अधिवेशन फागुन १० गते उद्घाटन भई सकेको छ भने १३ गते बिहीबार मतदान हुनेछ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ७ : ०१ बजे

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी