१६ बैशाख २०८१, आइतबार | April 28, 2024

सर्वोच्चले अस्थिरताको खेल सुरु गरिदिएको मुख्यमन्त्री पोखरेलको आरोप



बुटवल । प्रधानमन्त्री केपी ओलीका हरेक असंवैधानिक कदमका पहरेदार रहँदै आएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतको फैसललाले अस्थिरताको खेल सुरु गर्ने टिप्पणी गरेका छन् । उनले आफ्नो फेसबुक वालमा स्टाटस पोष्ट गर्दै प्रतिनिधि सभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलाले अस्थिरताको खेल सुरु गर्ने टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्रीको कदमको प्रतिरक्षा गर्ने मात्र नभई थप उत्तेजित पार्दै गलत कदम चाल्न उक्साउनेमा पहिलो पङ्तीमा रहेका पोखरेलले सामाजिक सञ्जालमा भनेका छन्, ‘सर्वोच्चको फैसलाबाट सुरु हुने अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ, हिम्मत र धैर्यताका साथ अघि बढौं,’ ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने निर्णयपछि लगातार ओलीलाई उक्साउन उद्देत पोखरेलले मंगलबार मध्यान्ह सम्म पनि बैशाखमा तोकिएकै मितिमा निर्वाचन हुने र प्रचण्ड-नेपाल पक्षको जमानत जफत हुने भाषण गर्दै थिए । सोमबार मात्र गुल्मीमा गोकर्ण बिष्टलाई सडकमा पु¥याउने उदघोष गरेका पोखरेललाई मंगलबार भने सर्वोच्चले साईज चिनाईदिएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ९ : ३२ बजे

बझाङमा कांग्रेसलाई माओवादीले उछिन्यो, एमालेको अग्रता कायमै

काठमाडौं । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

२ करोडको लगानीमा बुटवलको मिलनचोकमा खुल्यो महालक्ष्मी स्वीट्स

बुटवल । बुटवलको मिलनचोकमा गुणस्तरीय, शुद्ध मिठाई र शुद्ध शाकाहारी

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका

प्रधानमन्त्रीको दाबी – ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसक्यो

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच

बझाङमा दोब्बर मतले एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको