१६ असार २०८३, मंगलबार | June 30, 2026

सर्वोच्चले अस्थिरताको खेल सुरु गरिदिएको मुख्यमन्त्री पोखरेलको आरोप



बुटवल । प्रधानमन्त्री केपी ओलीका हरेक असंवैधानिक कदमका पहरेदार रहँदै आएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतको फैसललाले अस्थिरताको खेल सुरु गर्ने टिप्पणी गरेका छन् । उनले आफ्नो फेसबुक वालमा स्टाटस पोष्ट गर्दै प्रतिनिधि सभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलाले अस्थिरताको खेल सुरु गर्ने टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्रीको कदमको प्रतिरक्षा गर्ने मात्र नभई थप उत्तेजित पार्दै गलत कदम चाल्न उक्साउनेमा पहिलो पङ्तीमा रहेका पोखरेलले सामाजिक सञ्जालमा भनेका छन्, ‘सर्वोच्चको फैसलाबाट सुरु हुने अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ, हिम्मत र धैर्यताका साथ अघि बढौं,’ ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने निर्णयपछि लगातार ओलीलाई उक्साउन उद्देत पोखरेलले मंगलबार मध्यान्ह सम्म पनि बैशाखमा तोकिएकै मितिमा निर्वाचन हुने र प्रचण्ड-नेपाल पक्षको जमानत जफत हुने भाषण गर्दै थिए । सोमबार मात्र गुल्मीमा गोकर्ण बिष्टलाई सडकमा पु¥याउने उदघोष गरेका पोखरेललाई मंगलबार भने सर्वोच्चले साईज चिनाईदिएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ९ : ३२ बजे

पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पचास हजार विज्ञसँग सुझाव सङ्कलन गर्ने

काठमाडौँ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम

विदेशी पीआर लिएर सम्पर्कविहीन बनेका चार निजामती कर्मचारीलाई कारवाही गरिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

विद्युत् प्रवाहमा अवरोध हटाउन एकहजार कर्मचारी परिचारलन, गुनासो बेवास्ता गरिए कारबाही

काठमाडौँ । सरकारले विद्युत् प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा

लुम्बिनी प्रदेश सभाको एघारौं बैठक बुधबार बस्दै

दाङ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत एघारौं बैठक बस्ने