३० असार २०८३, मंगलबार | July 15, 2026

लुम्बिनी प्रदेश सभाको एघारौं बैठक बुधबार बस्दै



दाङ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत एघारौं बैठक बस्ने भएको छ । अनिश्चितकालका लागि स्थष्ति गरिएको बैठक भोली बुधबार दिउँसो १ः०० बजे बस्ने गरि बोलाईएको छ ।

सभामुखको निर्देशनअनुसार तय भएको बैठकमा राजश्व तथा व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलदेखि विधेयकसम्बन्धी कार्यसूचीसम्म रहेका छन् ।

बैठकमा प्रदेश सभा सदस्यहरूले आगामी आर्थिक वर्षको ‘राजश्व र व्ययको वार्षिक अनुमान’माथि सैद्धान्तिक छलफलमा भाग लिने कार्यक्रम छ । छलफलका क्रममा उठ्ने प्रश्नहरूको जवाफ लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की ले दिने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । त्यसैगरी मन्त्री कार्कीले ‘विनियोजन विधेयक’ प्रदेश सभामा औपचारिक रूपमा पेश गर्ने कार्यसूची पनि तय भएको छ ।

यसअघि सत्तारुढ गठबन्धनबाट जेटको चर्को बिरोध आएपछि प्रदेशसभाको बैठक अनिश्चित कालका लागि स्थगित भएको थियो ।

बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना ले‘थारु समुदायका प्रथाजनित परम्परा सम्बन्धी विधेयक’ समितिमा पठाउने प्रस्ताव पेश गर्ने समेत कार्यसूचीमा रहेको छ ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ३ : २९ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित