२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

लोकतन्त्र र राष्ट्रहितका लागि संयुक्त सङ्घर्षमा जुट्न ओलीको आह्वान



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र लोकतन्त्रको रक्षा नै अहिलेको प्रमुख प्राथमिकता भएको बताएका छन्।

ओलीले तत्काल कुनै पार्टी एकताको सम्भावना नरहेको स्पष्ट गर्दै नेता–कार्यकर्तालाई त्यससम्बन्धी भ्रममा नपर्न आग्रह गरेका छन्। साथै लोकतन्त्र, राष्ट्रहित र संविधानको संरक्षणका लागि लोकतन्त्रवादी, वामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकतासहित संयुक्त सङ्घर्ष आवश्यक रहेको बताएका छन्।

राष्ट्रिय खेलकुद महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशभन्दा ठूलो कुनै पनि स्वार्थ हुन नसक्ने उल्लेख गरे। देशलाई सर्वोच्च प्राथमिकतामा राखेर सबैले आफ्नो–आफ्नो क्षेत्रबाट विकास, समृद्धि र प्रगतिका लागि योगदान गर्नुपर्ने उनको भनाइ थियो।

उनले वर्तमान परिस्थितिमा नागरिकले भयमुक्त वातावरणमा बाँच्न पाउने व्यवस्था सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको बताए। प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले केही शक्तिले वैधानिक प्रक्रियाबाट सरकार परिवर्तन गर्न नसकेपछि हिंसा, हत्या र लुटपाटजस्ता अवैधानिक गतिविधिको सहारामा सरकार ढालेको आरोप लगाए।

‘त्यस्ता घटनालाई पछि वैधानिकता दिने प्रयाससमेत भयो,’ उनले भने, ‘तर हामी सबै नागरिकले समान रूपमा न्याय पाउने र भयमुक्त समाज निर्माण हुने प्रणालीको पक्षमा छौँ। यही व्यवस्थाभित्र रहेर सबैलाई साथमा लिएर अघि बढ्छौँ।’

यसैबीच, एमालेको राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै ओलीले तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्। उनले एमालेले कुनै पनि दलसँग समूहगत वा संस्थागत एकता नगर्ने नीति लिएको उल्लेख गर्दै व्यक्तिगत रूपमा वा समूहका रूपमा पार्टी प्रवेश गर्न चाहनेलाई भने उदारतापूर्वक स्वागत गरिने बताए।

‘पार्टी एकताका नाममा विगतमा स्वार्थ, गठजोड र दाउपेच धेरै देखियो,’ उनले भने, ‘एकतामा पवित्रता आवश्यक हुन्छ। त्यसैले अहिले पार्टी एकताको भ्रममा पर्नु आवश्यक छैन।’

यद्यपि लोकतन्त्रमाथि देखिएको चुनौती सामना गर्न सबै लोकतन्त्रवादी, वामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकता र संयुक्त आन्दोलन अपरिहार्य रहेको उनले बताए।

उनले पार्टीभित्र अझ सुदृढ एकता कायम गर्नुपर्नेमा जोड दिए । एमालेमाथि विभिन्न कोणबाट आक्रमण भइरहेको बताउँदै उनले संगठनलाई थप मजबुत बनाउँदै विजयतर्फ अघि बढ्न नेता–कार्यकर्तालाई सुझाव र सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ३ : २८ बजे

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले

पाकिस्तानी दूतावासले मनायो ८०औँ स्वतन्त्रता दिवस, नेपालसँग सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । पाकिस्तानको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासमा

सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा प्राडा विवेक बराल नियुक्त

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा