९ चैत्र २०८२, सोमबार | March 23, 2026

सर्वोच्चको फैसला पछि नेपाली राजनीतिको बाटो कता जाला ? नेकपा कै सरकार वा ओलीले भने जस्तै अस्थिरता !



सर्वोच्चले संसद विघटनको प्रधानमन्त्री केपी ओलीको कदमलाई बदर गरिदिएसँगै मुलुकमा रानीतिको नयाँ कोर्स सुरु भएको छ । संसद पुनर्स्थापना हुनै सक्दैन भनेर केहि दिन हो होकी जस्तै पारेका प्रधानमन्त्री ओली बुटवलको विसाल जनसभा सम्म आईपुग्दा गलिसकेका थिए । बुटवलमा उनको पक्षमा जतिसुकै ठुलो जनता उत्रिएपनि उनको भाषणमा पराजयको पिडा थियो । उनले पहिलो पटक बुटवलमा नै आफ्नो बोली फर्दै संसद पुनर्स्थापना भए सांसदको किनबेच हुन्छ र अस्थिरता भित्रिन्छ भन्दै घुंडा टेक्ने संकेत गरेका थिए ।

लाखौ खर्च गरेर प्रचण्ड-नेपाल र ओली पक्षले सभाहरु गरेर एक आपसमा प्रतिस्पर्धा गर्दै हिंडेपनि सर्वोच्चले जस्तो फैसला दिनु पर्ने थियो त्यस्तै फैसला दिएको छ । मंगलबारको बिहान सम्म ५० लाख मत ओलीको पक्षमा पक्का भन्दै चिया पसलमा ढक्कु लगाउनेहरु साँझ सम्म निनाउरो आवाजमा जस्तो निर्णय आएनी हामी बा का छोरा भन्दै सामाजिक सञ्जालमा देखिएका छन् ।

संसद पुनर्स्थापना भएपछि अवको बाटो कस्तो हुने ? अवको सरकार गठनको प्रक्रिया कस्तो हुने ? प्रधानमन्त्री ओली र राष्ट्रपतिले नैतिकताका आधारमा राजिनमा दिनु पर्ने कि नपर्ने ? जस्ता प्रश्नहरु राजनीतिक बृत्तमा उठेको छ ।

संसद पुनर्स्थापना पछिको पहिलो बाटो भनेको प्रधानमन्त्रीले १३ दिन भित्र प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने र अधिवेशन आह्वान गर्ने नै भएको संसद विघटन विरुद्ध रिट निबेदकको पक्षमा बहस गरेका अधिवक्ता गोबिन्द बन्दी बताउंछन् । कथंकदाचित प्रधानमन्त्रीले अधिवेशनका लागि राष्ट्रपतिलाई पत्राचार गरेनन् भने सभामुख आफैले पनि संसदको अधिवेशन डाक्नु पर्ने बन्दीले बताए । सवोच्चले विपक्षीका नाममा परमादेश जारी गरेको र रिट निबेदनको विपक्षी राष्ट्रपति, प्रधानमन्त्री र सभामुख समेत भएकाले संसद बैठक बोलाउनु उनीहरुको बाध्यात्कम अवस्था भएको उनको भनाई छ ।

संसद अधिवेशनको पहिलो बिजनेश भने पुस ५ गते दर्ता भएको अविश्वासको प्रस्ताव नै हुने अधिवक्ता बन्दीले बताए । संसद सचिवालयको दर्ता कितावमा अविश्वासको प्रस्ताव दर्ता भईसकेकाले अधिवेशनले सोहि प्रस्ताव उपर छलफल गर्ने र प्रधानमन्त्री विरुद्ध आएको अविस्वासको प्रस्ताव उपर छलफल हुनुपर्ने उनको भनाई छ । ‘पहिल्यै दर्ता भई सकेको छ , अव पुन अविश्वास प्रस्ताव ल्याउनु पर्दैन ।’ उनले भने ।

सबै भन्दा सहज बाटो प्रधानमन्त्री र राष्ट्रपतिले नैतिकताका आधारमा राजिनमा दिनु नै हुने बन्दीले बताए । संसद अधिवेशनको पहिलो बिजनेश नै प्रधानमन्त्रीको नियुक्ति भएकाले सोहि अनुसार गएपनि राष्ट्रपतिको हकमा भने महा अभियोग बिना हटाउन नमिल्ने अधिवक्ता बन्दीले बताए ।

बन्दीले भने जस्तै नैतिकताका आधारमा राजिनामा दिने सम्भावना भने निकै कम देखिन्छ । बन्दीकै भनाईलाइ आधार मान्ने हो भने नयाँ प्रधानमन्त्रीकारुपमा प्रचण्डलाई प्रस्ताव गर्दै दर्ता भएको अविश्वासको प्रस्ताव संसदबाट पास भएमा प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्ने छ । नेकपा विभाजन भएर गएकै अवस्थामा प्रचण्डले पनि बहुमत सांसदको समर्थन देखाउन सक्ने छैनन् । त्यसो त नेकपाको कानुनी विभाजन त्यति सजिलो भने छैन । ओलीले पार्टी विभाजनमा जाँदा आवश्यक पर्ने ४० प्रतिशत सांसद वा केन्द्रिय कमिटीको ४० प्रतिशत पु¥याउन नसकेको अवस्थामा ओली पक्षमा लागेका सांसदहरुले या त सांसद त्याग गर्नु पर्ने या एउटा संसदीयदलमा बसेर अल्पमत स्विकार गर्नुको बिकल्प हुने देखिंदैन । यदी नेकपाको संसदीयदल विभाजित हुने अवस्था आएमा नेकपा बाहेकका दलहरुसंगको गठबन्धनको खेल सुरु हुने छ ।

अर्का रिट निबदेकका अधिवक्ता सालिकराम सापकोटाले बुद्धि पु¥याउन सके सर्वोच्चको फैसलाले नेकपाको एकताको ढोका खुलेको प्रतिक्रिया दिए । नेकपाकै संसदीयदलले संसदीयदलको नेता फेरेर प्रधानमन्त्री नियुक्तिकालागि पठाउने बाटो नै सबै भन्दा छोटो र उपयुक्त बाटो भएको सापकोटाले बताए । उनले ओलीसंग बिना अध्यादेश पार्टी फोड्ने न त सांसदको संख्या छ न त केन्द्रीय समिति । उनले अन्तमा अध्यादेशबाटै पार्टी विभाजनको बाटो खोलेर जाने सम्भावनालाई नकार्न नहुने बताए । ‘केपी ओलीका लागि प्राण दिन तयार केहि सांसद बाहेक एकताका पक्षमा रहेका सांसदहरुले अहिलेपनि पार्टी एकतालाई बचाएर संसदबाट नेकपाकै प्रधानमन्त्री दिने बाटो प्रसस्त छ ।’ उनले भने ।

संसद विघटनले अस्थिरता निम्ताएको प्रतिक्रिया दिएर ओली पक्षले एकताको सम्भावनालाई ईनकार गरेको देखिएको छ । बदलिंदो अवस्थामा नेकपाका सांसदहरु ओलीसँगै सती जान्छन् वा पार्टीमै संघर्ष गरेर बस्छन् त्यो हेर्न भने १३ गते कुर्ने पर्दछ ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  १० : ५३ बजे

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि