८ माघ २०८२, बिहिबार | January 22, 2026

शिक्षामन्त्री श्रेष्ठको दाबी : प्रधानमन्त्रीको राजीनामा आउँदैन, चुनाव जहिले हुन्छ यही सरकारले गर्छ



काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन् ।

सीटीईभीटीको ३३ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रधानमन्त्रीले राजीनामा नदिने बताउँदै आगामी दिनमा समेत यही सरकारले निरन्तरता पाउने दाबी गरेका छन् ।

श्रेष्ठले प्रधानमन्त्रीले आफु विरुद्ध अविश्वासको प्रस्ताव आए डटेर सामना गर्ने बताए । उनले आफुहरुसँग एक से एक राजनीति खेल जानेका नेताहरु भएका कारण कसैसँग डराउन नपर्ने दाबी गरे । मन्त्री श्रेष्ठले अब यही सरकार चुनावी सरकार बनेर आगामी चुनाव सम्पन्न गर्ने दाबी समेत गरे ।

‘काठको ज्यानमा मयुरको प्वाँख हालेकाहरूले केही गर्न सक्दैनन् । खेल त अब भर्खर शुरू भएको छ । हामीसँग पेले, मेस्सी र रोनाल्डोहरू छन्’, उनले भने, ‘यही सरकार निरन्तर हुन्छ र अबको सरकार चुनावी सरकार हुन्छ ।’

देशलाई फोहोरी खेलबाट मुक्त गर्ने काम प्रधानमन्त्री ओली बाहेक अरु कसैले गर्न नसक्ने श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ११ : ५६ बजे

सुनचाँदीको भाउ थोरै घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको चुनौती

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो

रास्वपाको चुनावी अभियान : इलाममा बालेन्द्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

म्याग्दी । लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।