१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कञ्चनपुरको गड्डाचौकीको जुवा अड्डामा प्रहरीको छापा, २ लाख रकम सहित ७ जुवाडे पक्राउ



महेन्द्रनगर । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका १० स्थित एउटा जुवा अड्डामा छापामारेर प्रहरीले २ लाख बढी रकम र ७ जना जुवाडेलाई पक्राउ गरेको छ ।

नगरपालिकाको गड्डाचौकी नजिकै संचालनमा रहेको करण वार एण्ड रेष्टुरेन्टबाट प्रहरीले वार संचालक भुवन भण्डारी सहित ७ जना जुवाडेलाई पक्राउ गरेको हो । उनहरुबाट १ गड्डी तास्, २ लाख १ हजार ९०५ रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

पक्राउ परेका जुवाडेहरुमा वार सञ्चालक भुवन भण्डारी, स्थानीय दिपक राज जोशी, भिम शाही, बिनोद सिह, तेज बहादुर चन्द, महेश सिह थापा र पंकज पन्त रहेका छन् ।

भण्डारीले सञ्चालन गरिरहेका रेष्टुरेन्ट भित्र जुवातास खेल्ने खेदाउने काम भईरहेको सुचनाका आधारमा छापामार्दा तास खेलिरहेकै अवस्थामा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता नायव प्रहरी उपरिक्षक अमरबहादुर थापाले बताए । पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा खेल्न वा सट्टाबाजी गर्न
नहुने कसुर अन्तर्गत अनुसन्धान गरि मुद्दा चलाईने डीएसपी थापाले बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहिबार  ९ : ४१ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना