२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

म्याग्दीमा बिरामी बोकेको जिप दुर्घटना : एक जनाको मृत्यु



म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन ।

मालिका गाउँपालिका-३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग १  ज ६७८८ नम्बरको जिप सडकबाट म्याग्दी नदीमा खसेको थियो।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मालिका-३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

रुखबाट लडेर घाइते भएका रोकालाई उपचारका लागि पोखरा लैजाँदै गरेको जिप दुर्घटना भएको हो । घाइते चालक मालिका-१ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचारका लागि पोखरा सिफारिस गरिएको छ ।

यसैगरी मालिका-३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

चालकबाहेक मृतक र घाइते एकै परिवारका सदस्यहरु हुन् । तातोपानी प्रहरी चौकी, तातोपानी र पखेरका स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए । दुर्घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक राईले बताए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ७ : ४० बजे

नेपालगञ्ज नगरलाई डुबानबाट जोगाउन नाला सफाइ

बाँके । नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन यस वर्ष नाला सफाइ

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ महाअधिवेशन उद्घाटन

काठमाडौं । नेपाल पत्रकार महासङ्घको २७ औँ महाअधिवेशन प्रारम्भ भएको

प्रधानमन्त्रीसँग भारतका महालेखापरीक्षकको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका छिमेकी

सुनको मूल्य तोलामा रु एक हजार एकले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु