८ बैशाख २०८१, शनिबार | April 20, 2024

काठमाडौं बाहिर लन टेनिसको कुम्भ मेला



विश्वभर धनाढ्य खेलका रुपमा परिचय बनाएको लन टेनिस खेल नेपालपनि आर्कषण बढेको छ । लन टेनिस खेल अहिले नेपालमा मुख्य शहरहरुमा खेलिदै आएको छ । पछिल्लो समय बिभिन्न उमेर समुहका लन टेनिसका खेलाडी उत्पादन गर्ने काममा जिल्ला संघ र क्लबहरु लागेको पाईएको छ । खेलाडीहरुलाई प्रोत्साहन गर्ने लक्ष्यसहित रुपन्देही जिल्ला टेनिस संघको आयोजनामा आजबाट (फागुन १४ देखि १७ गतेसम्म) संचालन हुने चौथौ बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०७७ सुरु भएको छ । आजबाट नेपालका प्रतिस्थित लन टेनिसका खेलाडीहरुको बुटवलमा जमघट छ । बुटवलमा सुरु भएको चौथो बुटवल खुल्ला लन टेनिसका बारेमा संघका सचिव तथा प्रतियोगिताका संयोजक गोपाल ज्ञवालीसंग खबरकुराका लागि खेल पत्रकार स्वस्तिक श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश ।

प्रतियोगिताको तयारी कस्तो छ ?

नेपालमा काठमाडौं केन्द्रित लनटेनिस अहिले पोखरा र बुटवलमा खेलिन थालेको छ । हामीले यो वर्ष चौथौ बुटवल खुल्ला लन टेनिस प्रतियोगिता आयोजना गरेका छौं । प्रतियोगिताको मुख्य लक्ष्य नया युवा खेलाडीलाई प्लेटफर्म उपलब्ध गराउने नै हो । अन्य खेलभन्दा लन टेनिस खेल भिन्न र महत्वपूर्ण छ ।

भलिबल, फुटबल, क्रिकेट जस्तै लन टेनिस खेलबाट नाम र दाम छोटोसमयमा कमाउन सकिने सम्भावनाका कारण युवाहरुमा आर्कषण बढेको छ । तेस्रो खुला लनटेनिस राष्ट्रिय प्रतियोगिता सकिएसंगै कोभिड-१९ को संक्रमणका कारण देशभरको खेलगतिविधि रोकिएको बेला अब हामीले नै फेरि रुपन्देहीबाट खेल गतिविधि शुरुवात गर्न लागेका छौ ।

नेपालका रेकिङ, विभिन्न उमेर समुह तथा राजनीतिक दलका विशिष्ट ब्यक्तिहरु जो यो खेलमा भाग लिनका लागि देशभरबाट आउनु भएको छ । यो एक हिसाबले लन टेनिसको कुम्भ मेलाकै रुपमा चल्ने अपेक्षा गरेका छौं ।

प्रतियोगिताको ब्यवस्थापन कसरी गर्नुभएको छ ?

लनटेनिस खेलमा भेटान्ससंगै नया र युवा खेलाडी उत्पादनमा विगत लामोसमयदेखि रुपन्देही जिल्ला टेनिस संघ र बुटवल लन टेनिस क्लबको अग्रसरता छ । बुटवलमा ४ वर्षदेखि युवा पुस्ताहरु उज्वल भविष्य खोज्दै लन टेनिस प्रशिक्षण लिईरहेका छन ।

नेपाल सरकार राष्ट्रिय खेलकुद परिषदको सहयोगमा अन्तराष्ट्रिय मापदण्डको कोर्ट निमार्ण भएसंगै यहा ग्रास्टरुट लेभलका खेलाडीहरुलाई तालिमको ब्यवस्था गरिएको छ । प्रशिक्षक विकास खड्का नियमित साँझ विहान प्रशिक्षण गराउदै आएका छन । हामीहरु खेलाडीहरु संगठित भएर पूर्वाधार निमार्णदेखि विभिन्न प्रतियोगितामा योगदान दिदै आएका छौ ।

यसपटक पनि बुटवल उपहानगरपालिकाबाट प्रतियोगिता आयोजना गर्न १ लाख रुपैया सहयोग भएको छ भने बाकी रकम संघमा आवद्ध खेलाडीहरुले ब्यक्तिगत रुपमा सहयोग जुटाएर खेलाउन लागेको छौ ।

प्रतियोगिता कति ईभेन्टमा खेलाउदै हुनुहुन्छ? यसवर्ष पुरस्कार राशीको अवस्था कस्तो छ ?

यो वर्ष हामीले प्रतियोगितालाई पुरुष एकलतर्फ एकल, ३५ वर्ष माथि, ४५ वर्ष माथि र ५५ वर्ष माथि गरि ४ ईभेन्टमा, यसैगरि महिलामा एकल खुल्ला, पुरुष युगलतर्फ खुल्ला युगल, ३५ वर्ष माथि, ४५ वर्ष माथि र ५५ वर्ष माथि गरि ४ ईभेन्ट, महिला युगलतर्फ युगल खुल्ला गरि कुल १० इभेन्टमा संचालन गर्न लागेका छौ ।

पुरस्कार राशीको कुरा गर्दा हामीले यसवर्ष अघिल्लो वर्षभन्दा नघटाउने गरि ब्यवस्थापन गरेका छौ । प्रतियोगिताको पुरुष/महिला सिगल तर्फ उपाधि विजेताले नगद ४५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

सिगलतर्फ नै पुरुष ३५ वर्षमाथिको विजेता, उपविजेताले क्रमश नगद २० हजार र १० हजार रुपैया, ४५ वर्षमाथिका विजेता र उपविजेताले क्रमश १५ हजार र १० हजार रुपैया तथा ५५ वर्षमाथि उमेर समुहको विजेता, उपविजेताले क्रमश १० हजार र ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि डबल्सतर्फ पुरुष डबल्स/महिला डबल्सको उपाधि विजेताले नगद १५ हजार, उपविजेताले नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसैगरि डबल्सतर्फ ३५/४५/५५ वर्ष उमेर माथिका विजेता, उपविजेतालाई क्रमश नगद १५ हजार र १० हजार रुपैयासहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ ।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न आर्थिक नै महत्वपूर्ण पाटो हो, यसको जोहो कसरी गर्नुभएको छ ?

मुख्य विषय नै आर्थिक हो । हरेक वर्ष प्रतियोगिता संचालन गर्न ठुलो रकम आवश्यक पर्दछ । एक त यो खेल महङो खेलका रुपमा परिचिति छ । देशभरबाट आएका खेलाडीहरुलाई आवासिय सेवा दिनुपर्ने हुन्छ जसको तयारी हामीले गरिसकेका छौ ।

अर्कोतर्फ प्रतियोगिताको १० विधामा पुरस्कारका लागिमात्र ३ लाख ५० हजार रुपैया खर्च हुन्छ भने चार दिनसम्म संचालन हुने प्रतियोगितामा कुल १६ लाख खर्च हुने अनुमान हामीले गरेका छौ । प्रतियोगिता आयोजनाका लागि हामी खेलाडीहरुले नै आर्थिक संकलन गरेका छौ । बुटवल उपहानगरपालिकाबाट पनि प्रतियोगिता आयोजना गर्न १ लाख रुपैया सहयोग भएको छ ।

प्रतियोगिताबाट के अपेक्षा गर्नु भएको छ ?

रुपन्देहीका युवा खेलाडीहरु जिल्लामा मात्र सिमित नभएर राष्ट्रिय प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गरेर पदक जितेका छन । राष्ट्रियस्तरको धेरै प्रतियोगितामा बुटवलका खेलाडीहरुले पदक हात पारेसंगै हौसला बढेको छ ।

उनिहरुको मनोबल बढाउन समेत प्रतियोगिता सहयोग सिद्ध हुनेछ भन्ने हामीले ठानेका छौ । युवापुस्तालाई प्लेटफर्म लिने लक्ष्यअनुसार गतवर्ष सम्पन्न तेस्रो खुल्ला लन टेनिस प्रतियोगिताको उपाधि बुटवलका युवा खेलाडी रितिक रानाले उपाधि चुमेका थिए । यसपटक पनि रुपन्देहीले राम्रो परिणाम ल्याउने आशा गरेकाछौं ।

प्रतियोगिता बुटवलमा किन ?

लन टेनिसलाई महङ्गो खेलकारुपमा लिने गरिन्छ । केहिवर्ष पहिले सम्म काठमाडौ बाहेक अन्य स्थानमा यो खेल खलाउनै नससिकने ढंगले बुझिने गर्दथ्यो ।

तर हामी र यो खेललाई मन पराउने साथीभाईको प्रयासले अव काठमाडौ बाहिर पनि लन टेनिस हुन सक्छ, आयोजना गर्न सकिन्छ भन्ने विश्वास हामीले दिलाउन सकेका छौं ।

अवका दिनहरुमा लन टेनिसका खेलाडीहरु काठमाडौं नै कुरेर बस्नु पर्दैन , काठमाडौ बाहिरका जिल्लाहरु पनि खेल खेलाउन सक्षम छन् भन्ने सन्देश दिन बुटवलमा प्रतियोगिताको आयोजना गरेका हौं ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ११ : ३६ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा