२२ भदौ २०८३, सोमबार | September 7, 2026

राजधानीको विकाश : एकीकृत विकासका लागि साझा अवधारणा



काठमाडौं । काठमाडौं जिल्लाको एकीकृत विकासका लागि साझा अवधारणा बनाइने भएको छ । काठमाडौंका ११ वटै नगरपालिकाले एकीकृत विकासका लागि साझा समस्याको सामूहिक रूपमा समाधान गर्दै एकीकृत विकास गर्न रणनीति बनाइन लागिएको हो ।

काठमाडौं जिल्ला सङ्घीय राजाधानी सहर भएकाले यहाँका विद्यमान समस्याको समाधान गर्न पनि स्थानीय तहले सामूहिक रणनीति बनाउनुपर्ने यहाँका स्थानीय तहलाई दबाब दिँदै आएको थियो ।

फोहोरमैला व्यवस्थापन, पर्यटन विकास, ट्राफिक समस्या समाधान, खानेपानीको उपलब्धता, सांस्कृतिक सम्पदाको संरक्षण, उत्पादित कृषि योग्य जमिनको संरक्षण गर्दै तरकारी बजारको व्यवस्थापन गर्ने काठमाडौंका ११ वटै नगरपालिकाका प्रमुखले प्रतिबद्धता जनाएका छन् ।

शुक्रबारदेखि सुरु भएको काठमाडौं जिल्ला समन्वय समितिको चौथो जिल्ला सभामा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं जिल्लाको एकीकृत समस्यालाई सामूहिक रूपमा समाधान गर्नेगरी जिल्ला समन्वय समितिले सारेको प्रस्तावलाई आफूहरू कार्यान्वयन गर्न तयार भएको बताए।

“काठमाडौंमा भएका पुराना बस्तीको संरक्षण र नयाँ बस्तीको विकास गर्नुपर्नेछ”, उनले भने, “फोहोरमैला व्यवस्थापन र व्यवस्थित वधशाला निर्माणका लागि सामूहिक अवधाराण बनाउनुपर्छ ।” उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ७ : ५३ बजे

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको