२७ बैशाख २०८३, आइतबार | May 11, 2026

सैनामैनामा २ वटा मोटरसाईकलले एउटै साईकललाई ठक्कर दिँदा साईकल यात्रीको घटनास्थल मै मृत्यु



बुटवल । रुपन्देहीको सैनामैनामा दुईवटा मोटरसाईकलले एउटै साईकल यात्रीलाई ठक्कर दिँदा साईकल यात्रीको ज्यान गएको छ । पश्चिमबाट बुटवल तर्फ आउँदै गरेको दुईवटा मोटरसाईकलले साईकल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

लु ४५ प ४७९१ नम्बरको मोटरसाईकलले सैनामैना १ वर्मा चौकमा सडक किनारमा साईकल चलाईरहेका यात्रुलाई ठक्कर दिएर लडाएको र सोहि सडकमा लडेका ब्यक्तिलाई पुनः तिब्र गतिमा आएको लु १५ प ५५६१ नम्बरको मोटरसाईकलले ठक्कर दिंदा यात्रुको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीका अनुसार घाईते भएका मोटरसाईकल चालक र त्यसमा सवार अन्य घाईतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । ठक्कर दिने दुबै मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  १० : ५९ बजे

दोस्रो राष्ट्रिय महिला फुटबल : अभिशेक चर्च अन्तिम चारमा

बुटवल । बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ अन्तरगत

कोहलपुरमा एक सय आठ घरटहरा हटाइयो

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

रुपन्देहीमा सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा शान्ति सुरक्षामा खलल पुर्याउने

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको