१२ असार २०८३, शुक्रबार | June 26, 2026

आजदेखी सुनिल ढुंगाना स्मृतिकप क्रिकेट प्रतियोगिता शुरु हुदै



बुटवल । सर्वोत्तम सिमेन्ट सुनिल ढुंगाना स्मृति कप टि १० नक आउट क्रिकेट प्रतियोगिताको पहिलो संस्करण आजदेखि शुरु हुने भएको छ ।

तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा हुने सो प्रतियोगिताको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लले आज बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यस अघि फागुन ८ गतेका लागि तय भएको प्रतियोगिता प्राविधिक कारणले फागुन १६ का लागी सरेको थियो । प्रतियोगिता शंकरनगरको चपरभट्टी स्थित सिद्धार्थ युवा क्लबको खेल मैदानमा आइतबार बिहान ११ बजेदेखि संचालन हुन लागेको हो ।

तिलोत्तमा क्रिकेट बिकास समितिका संस्थापक अध्यक्ष सुनिल ढुङ्गानाको नाममा अक्षयकोष स्थापनार्थ आयोजना संचालन हुन लागेका प्रतियोगिताको उद्घाटन खेलमा तिलोत्तमा क्रिकेट एकेडेमी र संजिवनी शिक्षा सदन भिड्ने छन । प्रतियोगितामा बिभिन्न ८ टिमको सहभागिता रहेको खेल संयोजक कमल श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा विजेता टिमले एकलाख नगद पुरस्कार राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छ ।

यसैगरी विधागततर्फ म्यान अफ दि सिरिजले १० हजार, बेस्ट ब्याट्सम्यान, बेष्ट बलर तथा उदयमान खेलाडीले नगद ५र५ हजार पुरस्कार राशी प्राप्त गर्ने छन् भने हरेक खेलका म्यान अफ दि म्याचले हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

स्वर्गीय ढुङ्गानाको नाममा स्थापना हुने अक्षकोषको रकमबाट तिलोत्तमा नगर भित्रका विद्यालय स्तरका २ जना छात्र र एक छात्रा खेलाडीलाई छात्रवृत्ति प्रदान गरिन तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलले जानकारी दिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ७ : ४५ बजे

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन्

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या २३५ पुग्यो, उद्धार कार्य तीव्र

काठमाडौं । उत्तरी भेनेजुएलामा लगातार गएका दुई शक्तिशाली भूकम्पमा परी

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

काठमाडौं । आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस