११ भदौ २०८३, बिहिबार | August 27, 2026

अस्पताललाई ठूला पर्खालले घेरेर जनताको पहुंचबाट टाढा बनाउन हुँदैन : मुख्यमन्त्री पोखरेल



बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले अस्पताल जस्तो सेवामूलक संस्थाको भवन नागरिकले नदेख्ने गरि छेकबार लगाउन नहुने बताएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालको १११ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले अस्पतालभित्रका गतिविधि नागरिकले बाहिरबाटै देख्न पाउनु पर्ने बताए । उनले अस्पताललाई ठूला पर्खालले घेरेर जनताको पहुंचबाट टाढा बनाउन नहुने बताए ।

मुख्यमन्त्री पोखरेलले प्रदेशको गौरबको आयोजनाको रुपमा अगाडी बढाईएको लुम्बिनी प्रादेशिक अस्पतालको डिपीआरको काम अन्तिम चरणमा पुगेको जानकारी दिंदै भौतिक पूर्वाधारले मात्रै अस्पतालमा आउने विरामीहरुको समस्या समाधान नहुने स्पष्ट पारे । उनले विरामीलाई स्तरिय र सहज सेवाप्रदानका लागि अस्पतालले संकल्प गर्नुपर्ने बताउँदै अस्पतालका सटरहरु हटाएपछि सेवा सुधार भएको समेत दावी गरे ।

उनले लुम्बिनी प्रादेशिक अस्पतालको फार्मेसी सेवालाई छिटो भन्दा छिटो विस्तार गर्न निर्देशन दिँदै अस्पतालको फार्मेसी सेवा विस्तार गर्न नसक्दा अस्पतालमा आउने विरामीले निजी औषधी पसलमा गएर महंगोमा औषधी किन्नुपर्ने बाध्य हुनु परेको बताए ।

मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा स्वास्थ्यविमा कार्यक्रम संचालन भईरहेको बताउँदै विमा गरिएका विरामीहरु उपचारको लागि बाहिर जानुपर्ने अवस्थाको प्रादेशिक अस्पतालले अन्त्य गर्नुपर्ने बताए ।

अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराईले हाल ५ बेडको आईसियू र ५ बेडको क्याबिन रहेको अस्पतालमा आगामी बैशाखदेखि बढाएर ५०।५० बेड पु¥याईने बताए । उनले १२ वटा डायलाईसिस मेशिन थप गरि सेवा शुरु गर्न लागिएको जानकारी दिए ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले अस्पतालमा कार्यरत एकतिहाई चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी कोरोनाबाट संक्रमण भएरपनि कुनै दिन सेवा बन्द नगरेको बताए ।

कार्यक्रममा अस्पतालको सेवा विस्तार, कोरोना अस्पताल संचालन तथा स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएका बिभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ७ : ०२ बजे

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि

उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा,