१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बर्दिया निकुञ्जभित्रको राजमार्गमा मात्र ७ ट्राली फोहोर



बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज भित्र रहेको राजमार्ग सरसफाईबाट ७ ट्रली (ट्याक्टर)फोहोर निस्किएको छ । निकुञ्ज क्षेत्र भित्रको ३२ किलोमिटर पुर्वपश्चिम राजमार्ग सरसफाई गर्दा सो फोहोर निस्किएको निकुञ्जले जनाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, चोरी शिकारी युवा परिचालन अभियानका युवालगायतको टोलीले राजमार्ग सरसफाई गरेका हुन् । पुर्वपश्चिम राजमार्ग अन्तर्गत रम्भापुर देखि सैनवार सम्म र अम्रेनी देखि कर्णालीपुल सम्मको ३२ किलोमिटर सडक सरसफाई गरिएको थियो । राजमार्गको छेउमा यात्रुहरुले फालेको फोहोरमात्र संकलनगर्दा ७ ट्रली फोहोर निस्किएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले बताए ।

राजमार्ग भएर ओहोर दोहोर गर्ने यात्रुहरुले फालेको फोहोरको कारण निकुञ्ज क्षेत्र भित्रको राजमार्ग अत्यन्त फोहोर हुने गरेको छ । विशेषगरी प्लाष्टिक जन्य फोहोरको कारणले पर्यावरणलाई असर पुर्याउनुका साथै वन्यजन्तुलाई समेत असर गरेको छ । वन्यजन्तु र वातावरणलाई असर हुने भएकोले निरन्तर राजमार्ग सरसफाई गर्ने गरीएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले बताए । उनले भने सरसफाईले वन्यजन्तुको संरक्षण र पर्यावरणको संरक्षणमा सहयोग पुग्ने आशालिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जले निरन्तररुपमा निकुञ्ज क्षेत्र भित्रको राजमार्ग सरसफाई गर्ने गरेको छ । राजमार्ग वरीपरी फोहोरको मात्र बढ्दै गएपछि नियमित सरसफाई गर्न थालिएको निकुञ्जले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ९ : ४२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा