२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

भरतमोहन अधिकारीको दोश्रो स्मृति दिवस मनाइँदै



काठमाडौ । वरिष्ठ वामपन्थी नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको सम्झनामा दोश्रो स्मृति दिवस मनाइने भएको छ ।
भरतमोहन अधिकारीको स्मृति फउण्डेशनको आयोजना तथा विष्णुमाया पुस्तकालयको सह–आयोजनामा मंगलबार विराटगरमा हुने स्मृति सभामा नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रमुख अतिथि छन् । नेपाल उक्त फाउण्डेशनका संरक्षकसमेत हुन् ।

त्यस अवसरमा स्वर्गीय अधिकारीले बामपन्थी आन्दोलनमार्फत नेपालको राजनीतिक परिवर्तन, राजनीतिक अर्थशास्त्र तथा सामाजिक रुपान्तरणमा पु¥याएको योगदानको चर्चा, अग्रज कम्युनिष्ट र ज्येष्ठ नागरिक सम्मान तथा फाउण्डेशनको प्रदेश–१ समिति घोषणा गर्ने कार्यक्रम रहेको फाउण्डेशनकी सदस्य एवं अधिकारी पुत्री लीमा अधिकारीले जानकारी दिइन् ।

विक्रम सम्वत् १९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमरपुरामा बुबा रामचन्द्र र आमा पूर्णकुमारीको कोखबाट जन्मिएका अधिकारीको अधिकारीको ८२ वर्षको उमेरमा २०७५ साल फागुन १८ गते निधन भएको थियो । अधिकारीले कानून तथा अर्थ राजनीतिको गहिरो अध्ययन गरेका थिए । उनले अर्थशास्त्रमा एमए र कानूनमा बीएलसम्मको औपचारिक शिक्षा हासिल गरेका अधिकारी पञ्चायतकालीन समयमा चर्चित अधिवक्ता थिए ।

अधिकारीले ४०४७ सालको संविधान मस्यौदा समितिमा रहेर संविधान निर्माणमा महत्वपूर्ण योगदान गरेका थिए । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको अल्पमतको लोकप्रिय सरकारमा भरतमोहन अर्थमन्त्री थिए । अधिकारीले नै आफ्नो गाउँ आफैं बनाऔं कार्यक्रममार्फत हरेक स्थानीय तहमा सिधै रकम पठाउने कामको सुरुआत गरेका थिए ।

यस्तै वृद्धभत्ता, सामाजिक सुरक्षा भत्ता दिने कामको सुरुआत गरेका अधिकारीलाई अहिले पनि वृद्धवृद्धाले श्रद्धापूर्वक स्मरण गर्ने गर्दछन् । अधिकारी २०४६ सालको राजनीतिक परिवर्तनपछि चारपटक सांसद र पाँचपटक मन्त्री भए । पटकपटक सरकारमा सहभागी हुँदासमेत उनी कहिल्यै विवादमा परेनन् ।

 

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ९ : २० बजे

वैशाख २८ मा संघीय संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

काठमाडौं । सरकारले वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान

‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’

काठमाडौँ । दुबई प्रस्थान गर्न लाग्नुभएका ध्रुव विशाललाई स्वदेशमै श्रम

चार लेनको बन्ने भयो धम्बोझी चोकबाट नन्दनी मीलसम्मको हुलाकी सडक

नेपालगन्ज । हुलाकी राजमार्ग अन्तर्गत नेपालगन्ज गुलरिया सडकको अधिकांस भागमा

सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’

महेन्द्रनगर । यहाँको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले