११ फाल्गुन २०८२, सोमबार | February 24, 2026

चीनले नेपाललाई अनुदानमा दिने खोप ८ लाख डोज पु-यायो



काठमाडौं । चीनले नेपाललाई कोभिड-१९ विरुद्ध दिने खोपको मात्रा बढाएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाललाई आठ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको हो।

राजदूत यान्छीले कोरोना विरूद्धको संघर्षमा नेपाललाई सघाउन पाउँदा खुशी भएको जनाएकी छिन् । अब नेपालले चीनबाट आठ लाख डोज खोप प्राप्त गर्नेछ ।

चिनियाँ दूतावासले सुरूमा तीन लाख डोज खोप अनुदान घोषणा गरेको थियो । त्यसको केही दिनपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यी बीचभएको टेलिफोन वार्तापछि चीनले थप दुई लाख डोज खोप दिने प्रतिवद्धता जनाएको थियो ।

चीनको सिनोफार्म कम्पनीले तयार पारेको कोरोना विरूद्धको खोप ‘भेरोसेल’ले नेपालमा आपतकालीन प्रयोग अनुमति यसअघि नै पाईसकेको छ ।

पाकिस्तान, यूएई लगायतका मुलुकमा चिनियाँ कम्पनी सिनोफार्मको कोरोना खोपको आपतकालीन प्रयोग सुरु भैसकेको छ । सिनोफार्मको खोप ७९ प्रतिशत प्रभावकारी रहेको बताइएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ८ : १८ बजे

बाँकेमा ३३ जना उम्मेदवारले मात्रै खोले बैङ्क खाता, १५ जनाले गरे बेवास्ता

नेपालगन्ज । निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले

लुम्बिनी प्रदेशमा मानवअधिकार उल्लंघनमा रुपन्देही पहिलो स्थानमा

नेपालगन्ज । राज्यपक्षबाटै मानवअधिकारको रक्षामा उदासिनता देखाएको सरोकारवालाहरुले बताएका छन्

डिजिटल प्रविधिको दुरुपयोग रोक्न प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना

काठमाडौँ । डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल

स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ मा

पश्चिम नवलपरासीमा रास्वपा त्याग्ने क्रम बढ्दो, सुस्ता गाउँपालिकाका सचिव पन्थले पनि छाडे

रुपन्देही । पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने