३ आश्विन २०८३, शनिबार | September 19, 2026

रुपन्देही सुपरलिग : जीआरलाई सफलता



भैरहवा । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको डिभिजन ‘ए’को खेलमा जीआर क्रिकेट क्लबले देवदह क्रिकेट युनिटलाई ७ विकेटले पराजित गरेको छ ।

टस जितेर ब्याटिङमा आएकोे देवदहले निर्धारित ५० ओभरमा ३१.४ ओभरमा सबै विकेट गुमाई ११२ रनको योगफल बनायो । उसका लागि विक्की कार्कीले ३२, अर्जुन रायमाझीले २५ र शुभम ढकालले २० रन बनाए । बलिङमा जीआरका नितेश थापाले ८ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए । उनी म्यान अफ द म्याच समेत भए । यस्तै, सिद्धान्तराज शाहीले २ तथा धिरज शाही र शौरभ खनालले समान १÷१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको जीआरले १९.१ ओभरमा ३ विकेट क्षतिमा ११६ रन बनाउँदै जित निकाल्यो । उसको जितमा राजवीर सिंहले नटआउट ४३, संदीप सुनारले २२ र विशाल भुसालले नटआउट १९ रन बनाए । बलिङमा देवदहका दीपक श्रेष्ठ, अर्जुन रायमाझी र सुरज खड्काले समान १÷१ विकेट लिए । बुधबार डिभिजन ‘ए’ का तिरुपति क्रिकेट क्लब र न्यू होराइजन क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ३ : ०२ बजे

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय

संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्न एकताबद्ध हुनुपर्छ : ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु मुख्य दायित्व : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट

संविधानको पूर्ण पालना र जवाफदेही प्रशासन आजको आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जवाफदेही

आज कागे अष्टमी पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे