२० बैशाख २०८१, बिहिबार | May 2, 2024

आठ हजार रोपनी जग्गा अतिक्रमित



काठमाडौं । सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले मुलुकभर ८ हजार १९० रोपनी जग्गा मिचिएको र व्यक्तिले आफ्नो नाममा कायम गरेको अध्ययन प्रतिवेदन सरकारसमक्ष बुझाएको छ ।

गत जेठ २० गतेबाट आयोगले अध्ययन थालेको थियो । आयोगका अध्यक्ष तथा विशेष अदालतका पूर्व अध्यक्ष मोहनरमण भट्टराईका अनुसार मुलुकभर २० जिल्लामा जग्गा अतिक्रमित छ ।

सुनसरीमा सबैभन्दा बढी छ भने काठमाडौं, भक्तपुर र ललितपुरमा पनि सरकारी सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणमा परेको छ । आयोगले सरकारलाई ३३ वटा बेग्लाबेग्लै प्रतिवेदन बुझाएको छ ।

विगतमा कर्मचारी अवकाश हुँदा वा कार्यालयबाट सरुवा हुँदा गर्नुपर्ने कागजात र अभिलेखको बरबुझारथ गर्ने परिपाटी हाल नभएकाले जग्गा अतिक्रमणमा पर्दै गएको तथा अभिलेख साबिकअनुसार दुरुस्त नपाइने गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा बरबुझारथ प्रणालीलाई कायम राख्न आयोगले सरकारलाई सुझाव दिएको छ ।

मिचिएका बाहेक सरकारले अधिग्रहण गर्दा मुआब्जा वितरण गरिएको नगरिएकोबारे आयोगलाई उजुरी परे पनि कमलपोखरीको उत्तरी सीमाको विषयमा कुनै उजुरी परेन । गुठी संस्थानका अनुसार सो पोखरीको ४८ रोपनीमध्ये करीब ४ रोपनी जग्गा अतिक्रमणमा परेको छ । मौजे पशुपति अभिलेख रहेको २३४ रोपनी जग्गाको विषय पनि आयोगले उठाएको छैन । यो जग्गा पशुपति क्षेत्र विकास कोषले आफ्नै तर्फबाट छानबिन गरिरहेको छ ।

आयोगले प्रतिवेदन बुझाएपछि आयोगको कार्यालय बन्द गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए । घट्टेकुलो अतिक्रमणका विषयमा अदालतमा मुद्दा विचाराधीन भएकाले आयोगले यो कुलोको विषयमा अध्ययन नगरेको उनको भनाइ छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ७ : ०० बजे

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका