१७ बैशाख २०८१, सोमबार | April 29, 2024

हराउँदै सार्वजनिक धारा र कुवा



तनहुँ । हिजोआज सार्वजनिक धारा र कुवा हराउँदै जान थालेका छन् । नयाँ नबनाउने र पुरानाको संरक्षण नहुँदा तनहुँमा सार्वजनिक ठाउँमा कुवा र धाराहरू विरलै देख्न पाइन्छ ।

मूलको संरक्षण नहुँदा सदरमुकाम दमौली स्थित व्यास गुफा र शिव पाञ्चायन मन्दिर परिसरमा रहेका कुवा र धाराहरू वर्षा याममा समेत सुकेर बसेको छ । धार्मिक स्थलमा रहेका कुवा र धारा समेत सुकेर पानी नआए पनि त्यसको संरक्षणमा कसैको ध्यान गएको छैन । वर्षौँ अघि बनाइएका दुई धारा र कुवामा हाल सुकेकाले उपयोग विहीन भएका छन् ।

धार्मिक तथा आध्यात्मिक कुरालाई विकास नठान्दा धारा तथा कुवाहरू मासिन थालेको दमौली स्थित व्यास गुफामा बस्दै आएका शान्ति स्वरुपानन्द दामोदर बाबाले बताए । पुर्खाले कुवा, धारा बनाउने र धन नभएर बनाउन नसक्नेले घैटोमा पानी भरेर बटुवालाई दिने गर्ने गरेको स्मरण गर्दै दामोदर बाबाले मानिसमा धर्म कमाउन भन्दा पैसा कमाउन ध्यान गएकाले कुवा र धाराहरू हराउँदै जानु अर्को कारण रहेको बताए ।

व्यास गुफा र शिव पाञ्चायन मन्दिर परिसरका जस्तै जिल्लाका अधिकांश स्थानमा सार्वजनिक धाराहरू अलपत्र अवस्था परेको देखेको दामोदर बाबा बताउछन ।

विशेष गरी सहरी क्षेत्रमा प्यास लाग्यो भने पानी किनेर खानुको विकल्प छैन । सार्वजनिक धारा छैन बोतललाई २५ रुपियाँ तिरेर खानु पर्ने बाध्यता छ । पहिला जताततै सार्वजनिक धारा र कुवा हुन्थे अहिले र औँलाले गन्न सकिने मात्रै पाइने गरेको जेसिआई व्यास नगरका निवर्तमान अध्यक्ष लक्ष्मीभक्त खनालले बताए ।

पहिला थुप्रै भए पनि दमौली बजारमा सार्वजनिक धारा एउटा पनि नभएकोले जेसिजले सार्वजनिक धारा बनाएको उनले जानकारी दिए । आफ्नै इतिहास, सम्पदा तथा संस्कृति नामेट वा ध्वस्त पार्नु हुँदैन र पैसा नहुनेले पानी पनि पिउन नपाउने अवस्थाको हुनुहुँदैन भनेर धारा बनाएको खनाल बताउछन ।

डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमल राज काफ्लेले बजार क्षेत्रमा जोडिएर बनेका घर, पक्की सडक धेरै हुने र रुख, पोखरी नहुँदा पानीको मुहान सुक्दै गएकोले पनि पुर्खाले बनाएका कुवा र धारा नाश हुँदै गएको बताए । ग्रामीण क्षेत्रमा समेत जथाभाबी मोटर बाटो लैजाने, पोखरीहरू नास हुने, धर्म हुने विश्वासमा वर, पिपल, समी, आँप जस्ता ठुला रुखहरू लगाउने तथा हुर्काउने प्रचलन हराएकोले पानीको मूल सुकेकोले सार्वजनिक धारा पनि हराउन थालेको बताए । आजको गोरखापत्र दैनिकमा अमरराज नहर्कीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ७ : ४० बजे

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको