२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नेकपा प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक आज बस्दै



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै छ ।

आज दिउँसो १ बजे पेरिसडाँडामा बोलाइएको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे समीक्षा र आगामी रणनीति तय गरिने बताइएको छ । बैठकमा केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित बैठकमा उपस्थित हुन निर्देशन दिइएको छ ।

यसअघि गएको ७ गते पनि प्रचण्ड-नेपाल पक्षले नागरिकता र पार्टीको परिचयपत्र बोकेर पेरिसडाँडामा उपस्थित हुन निर्देशन दिएको थियो । आजको केन्द्रीय कमिटी बैठकअघि प्रचण्ड-नेपाल पक्षले स्थायी कमिटी बैठक पनि बोलाएको छ । स्थायी कमिटी बैठक बिहान ११ बजे बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आफ्नो पक्षको निर्णयको आधिकारिकता खोज्दै निर्वाचन आयोग पुगेको प्रचण्ड-नेपाल पक्षले आवश्यक परे सक्कल कागजात आयोगलाई बुझाउने बताउँदै आएको छ । नेकपाले यसअघि गएको पुस ५ गते संसद सचिवालयमा पेस भएको अविश्वासको प्रस्ताव फिर्ता लिएर सहमतिका लागि विकल्प खुला गर्ने निर्णय गरिसकेको छ ।

गएको पुस ५ गते प्रतिनिधिसभा विघटनको घोषणासँगै नेकपा दुई समूहमा विभाजित छन् । दुवै समूहले छुट्टाछुट्टै बैठक र कार्यक्रमहरु गर्दै आएका छन् । प्रतिनिधिसभा पुनःस्थापनापछि प्रचण्ड-नेपाल पक्ष नयाँ सरकार गठन र सत्ता समीकरणको कसरतमा जुटेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ८ : ०० बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले