२९ मंसिर २०८२, सोमबार | December 15, 2025

मुगुका सांसद गोपाल बम फर्किए प्रचण्ड-नेपाल नेकपामा



काठमाडौं । प्रतिनिधिसभा विघटनको पक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका नेकपाका एक सांसद प्रचण्ड नेपाल पक्षमा फर्किएका छन् ।

प्रतिनिधिसभामा मुगुबाट निर्वाचित सांसद गोपाल बमले बुधबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले नेतृत्व गरेको मूलधारमा फर्र्किएको जनाएका हुन् ।

बमले भर्खरै मात्र गृह जिल्ला मुगुका मतदाताहरुसँगसँगै प्रतिगमन विरुद्धको आन्दोलनको नेतृत्व गरेर काठमाडौं फर्किएको उल्लेख गरेका छन् ।

सांसद बमले विज्ञप्तिमा भनेका छन्, ‘नेकपाको विधान विपरित अल्पमत पक्षका तथाकथित नेताहरु, केही हावादारी सञ्चार माध्यम र सामाजिक सञ्जालहरुले मेरो नाम समेत जोडेर प्रतिगामी वर्तमान सरकारको पक्षमा लागेको भनि गरिएको अनर्गल प्रचारप्रति आपत्ति प्रकट गर्दै त्यसको खण्डन एवं भत्र्सना गर्दछु ।’

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ५ : ४७ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले