१२ असार २०८३, शुक्रबार | June 26, 2026

सुनिल ढुंगाना स्मृति कपको उपाधि लुम्बिनीलाई



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सम्पन्न सर्बोत्तम सिमेन्ट सुनिल ढुंगाना स्मृति टि १० नक आउट क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी नव युवा क्लबले उचालेको छ ।

बुधबार सम्पन्न फाइनल खेलमा लुम्बिनीले आर.आर. चिलियालाई ७१ रनको फराकिलो अन्तरले पछाडि पार्दै उपाधी उचालेको हो ।

उपाधीसंगै लुम्बिनीले नगद १ लाखको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा उप बिजेता बनेको आर.आर. चिलियाले ५० हजार नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगितामा पहिले ब्याटिङ गरेको लुम्बिनीले निधारित १० ओभरको खेलमा १ सय २५ रनको योगफल तयार पारेको थियो । लुम्बिनीका लागि जाबेद अलीले सर्बाधिक ७२ रनको योगदान गरे ।

१ सय २६ रनको बिजयी लक्षका साथ ब्याटिङ थालेको चिलिया ५४ रनमै समेटिएपछि लुम्बिनीले दानदार जित दर्ता गराएको हो । लुम्बिनीका अनुभवि बलरका अगाडी चिलियाका ब्याट्स म्यान निरिह सावित भए ।

प्रतियोगितामा टिमलाई ७२ रनको योगदान गर्ने लुम्बिनीका जाबेद अलि म्यान अफ द म्याच बने । प्रतियोगिता म्यान अफ द सिरिजको उपाधी जितेका आर.आर. चिलियाका बासी अहमदले नगद १० हजार र बेष्ट बलर बनेका तिलोत्तमा क्रिकेट एकेडेमीका श्याम खरेलले नगद ५ हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताका बिजेतालाई प्रमुख अतिथि सर्बोत्तम सिमेन्टका क्षेत्रिय बजार व्यावस्थापक रमेश ढकाल, बिशिष्ट अतिथि तिलोत्तमा नगर खेलकुद समितिका संयोजक राजेन्द्र गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

आयोजक तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलको अध्यक्षता, सर्बोत्तम सिमेन्टका क्षेत्रिय बजार व्यावस्थापक रमेश ढकालको प्रमुख आतिथ्यता र खेल संयोजक कमल श्रेष्ठको स्वागतमा सम्पन्न कार्यक्रमको संचालन तिलोत्तमा क्रिकेट बिकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले गरेका थिए ।

स्वर्गीय ढुङ्गानाको नाममा अक्षकोषको स्थापना गर्ने र सो रकमबाट तिलोत्तमा नगर भित्रका विद्यालय स्तरका २ जना छात्र र एक छात्रा खेलाडीलाई छात्रवृत्ति प्रदान गर्ने उद्धेश्यका साथ आयोजित प्रतियोगितामा बिभिन्न ८ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिता सिदार्थ क्लबको खेलमैदान चपरहट्टीमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  ५ : ५१ बजे

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट

बागमती प्रदेशको गौरव – सालक

बागमती । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका

महामन्त्री पदका आकांक्षी चार नेताद्वारा विपिन आचार्यलाई समर्थन 

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत महामन्त्री

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ