२७ माघ २०८२, मंगलबार | February 10, 2026

काभ्रेबाट छुटे धर्मेन्द्र बाँस्तोला



काठमाडौं । सरकार विप्लव समूहकाबीच भएको सहमती अनुसार सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्ताहरुलाई रिहा गर्न थालेको छ । सहमती बमोजिम  सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला पहिलो थुना मुक्त बनेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले आज बिहान हिरासत मुक्त गरेको हो । वास्तोलालाई आगजनी तथा संगठित अपराधको मुद्दामा काभ्रे प्रहरीको हिरासतमा राखिएको थियो ।

जिल्ला प्रहरी कार्यालयले अनुसन्धान सकेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा फाइल बुझाए पनि सरकारसँग भएको सहमति अनुसार मुद्दा अगाडी बढाईएको थिएन । प्रहरीले वास्तोलालाई श्रीमतीको जिम्मामा लगाएको थियो ।

उनी ९ दिनदेखि काभ्रेको हिरासतमा थिए। ९ दिन अगाडी मात्र सर्वोच्चको आदेशमा रिहा भएका वास्तोलालाई प्रहरीले सर्वोच्चकै गेट बाहिरबाट पुनः पक्राउ गरि काभ्रे पु¥याएको थियो ।

दुई वर्षअघि नेकपालाई प्रतिबन्ध लगाएपछि विप्लव समूहका २ सचिवालय सदस्य र ५ केन्द्रीय सदस्य सहित डेढ सय नेता कार्यकर्ता थुनामा छन्। तीमध्ये धेरैजसोलाई आजै छाड्ने तयारी रहेको प्रहरी उच्च स्रोतले जनाएको छ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १२ : ३० बजे

तामाकोशी बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ९ पुग्यो

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस मंगलबार

जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु

जापान । जापानमा लगातार तीन हप्ताको भारी हिमपातका कारण ४६

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

दार्चुला । दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला परेका

चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न