१ पुस २०८२, मंगलबार | December 16, 2025

काभ्रेबाट छुटे धर्मेन्द्र बाँस्तोला



काठमाडौं । सरकार विप्लव समूहकाबीच भएको सहमती अनुसार सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्ताहरुलाई रिहा गर्न थालेको छ । सहमती बमोजिम  सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला पहिलो थुना मुक्त बनेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले आज बिहान हिरासत मुक्त गरेको हो । वास्तोलालाई आगजनी तथा संगठित अपराधको मुद्दामा काभ्रे प्रहरीको हिरासतमा राखिएको थियो ।

जिल्ला प्रहरी कार्यालयले अनुसन्धान सकेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा फाइल बुझाए पनि सरकारसँग भएको सहमति अनुसार मुद्दा अगाडी बढाईएको थिएन । प्रहरीले वास्तोलालाई श्रीमतीको जिम्मामा लगाएको थियो ।

उनी ९ दिनदेखि काभ्रेको हिरासतमा थिए। ९ दिन अगाडी मात्र सर्वोच्चको आदेशमा रिहा भएका वास्तोलालाई प्रहरीले सर्वोच्चकै गेट बाहिरबाट पुनः पक्राउ गरि काभ्रे पु¥याएको थियो ।

दुई वर्षअघि नेकपालाई प्रतिबन्ध लगाएपछि विप्लव समूहका २ सचिवालय सदस्य र ५ केन्द्रीय सदस्य सहित डेढ सय नेता कार्यकर्ता थुनामा छन्। तीमध्ये धेरैजसोलाई आजै छाड्ने तयारी रहेको प्रहरी उच्च स्रोतले जनाएको छ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १२ : ३० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज