१७ माघ २०८२, शनिबार | February 1, 2026

अमेरिकन मोटरहेड डर्ट बाईक रुपन्देहीमा लन्च



बुटवल । विश्वमा उत्कृष्ट अमेरिकी ब्राण्ड मोटरहेड कम्पनीको बाईक बुटवलमा लन्च गरिएको छ । सन २००६ मा उत्पादन शुरु गरेको कम्पनी मोटरहेडको नया मोडलका डर्ट सेगमेन्टका दुईपाग्रे सवारी विहिबारदेखि बजारमा आएको हो ।

एक समारोहका बिच नेपाल अटोमेकानिक्स ट्रेड युनियनका केन्द्रीय अध्यक्ष जीवन अधिकारी, युनियनका लुम्बिनी प्रदेश राकेश गुरुङ, सचिव लक्ष्मण भण्डारी, युनियन तिलोत्तमा शाखाका शिवकुमार लामिछाने, युनियन बुटवलका रमाकान्त शाहरतले बाईकको लन्च गरेका छन।

अटोमेकानिक्स ट्रेड युनियनका केन्द्रीय अध्यक्ष जीवन अधिकारीले बिलासिताको साधनबाट दैनिक अनिवार्य उपयोगका साधनका रुपमा चेन्ज भएको बताए। कम्पनी उत्पादनपछि धेरै अनुसन्धान र विकासमा खर्च गर्ने भन्दै उपभोक्ताको माग अनुसार सवारी ल्याउने हुदा पनि राम्रो र गुणस्तरीय हुने उनले दाबी गरे ।

 

नेपालमा एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले भित्राएको हो। यसैगरि रुपन्देही क्षेत्रको आधिकारीक विक्रेता लुम्बीनी टु ह्विलर प्रालिले शुक्रबार लन्च गरेको हो । हाल मोटरहेडका टेकन २५०, स्काम्बल २५०, मोटरहेड एमएच २०० र १५०, स्पोर्ट्स २५०, अफरोड भर्जन र एसटर्क २५० गरि मोडलहरु उपलब्ध रहेको प्रालिका संचालक सुनिल भुषालले बताए । बजारमा २ लाख ८८ हजारदेखि ४ लाख ५५ हजारसम्म मुल्यका बाईकहरु छन। युवाहरुको माग अनुसार बजारमा नया मोडलहरु उपलब्ध भएको संचालक अनुप शर्मा पौडेल र रबिन सुवेदीले बताए ।

 

एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिका जिएम उज्वल जोशीले नेपालका १५ औं बिक्रि शाखा रहेको बताए । देशका मुख्य शहरहरुमा शोरुम उद्घाटनमात्र नभई सेल्स, सर्भिस र पार्टसंगै एक्सचेन्जलाई मध्यनजर गरेको उनले दाबी गरे । विगत १५ वर्षदेखि फिगो कम्पनी यो उत्पादन गर्दै आएको र नेपालमा प्रालिले भित्राएको पाँच वर्ष पुगेको उनले बताए । बाईकको चाईनामा उत्पादन र एसेम्बल गरिने उनले बताए। बाईकको बिक्रिसंगै सर्भिसलाई मुख्य ध्यान दिएको उनले बताए । पावर, स्टाईल र ईकोनोमीलाई ध्यान दिने युवाहरुलाई मोटरहेड उपयुक्त भएको उनले बताए।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १ : १८ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले