३२ असार २०८३, बिहिबार | July 16, 2026

अमेरिकन मोटरहेड डर्ट बाईक रुपन्देहीमा लन्च



बुटवल । विश्वमा उत्कृष्ट अमेरिकी ब्राण्ड मोटरहेड कम्पनीको बाईक बुटवलमा लन्च गरिएको छ । सन २००६ मा उत्पादन शुरु गरेको कम्पनी मोटरहेडको नया मोडलका डर्ट सेगमेन्टका दुईपाग्रे सवारी विहिबारदेखि बजारमा आएको हो ।

एक समारोहका बिच नेपाल अटोमेकानिक्स ट्रेड युनियनका केन्द्रीय अध्यक्ष जीवन अधिकारी, युनियनका लुम्बिनी प्रदेश राकेश गुरुङ, सचिव लक्ष्मण भण्डारी, युनियन तिलोत्तमा शाखाका शिवकुमार लामिछाने, युनियन बुटवलका रमाकान्त शाहरतले बाईकको लन्च गरेका छन।

अटोमेकानिक्स ट्रेड युनियनका केन्द्रीय अध्यक्ष जीवन अधिकारीले बिलासिताको साधनबाट दैनिक अनिवार्य उपयोगका साधनका रुपमा चेन्ज भएको बताए। कम्पनी उत्पादनपछि धेरै अनुसन्धान र विकासमा खर्च गर्ने भन्दै उपभोक्ताको माग अनुसार सवारी ल्याउने हुदा पनि राम्रो र गुणस्तरीय हुने उनले दाबी गरे ।

 

नेपालमा एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले भित्राएको हो। यसैगरि रुपन्देही क्षेत्रको आधिकारीक विक्रेता लुम्बीनी टु ह्विलर प्रालिले शुक्रबार लन्च गरेको हो । हाल मोटरहेडका टेकन २५०, स्काम्बल २५०, मोटरहेड एमएच २०० र १५०, स्पोर्ट्स २५०, अफरोड भर्जन र एसटर्क २५० गरि मोडलहरु उपलब्ध रहेको प्रालिका संचालक सुनिल भुषालले बताए । बजारमा २ लाख ८८ हजारदेखि ४ लाख ५५ हजारसम्म मुल्यका बाईकहरु छन। युवाहरुको माग अनुसार बजारमा नया मोडलहरु उपलब्ध भएको संचालक अनुप शर्मा पौडेल र रबिन सुवेदीले बताए ।

 

एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिका जिएम उज्वल जोशीले नेपालका १५ औं बिक्रि शाखा रहेको बताए । देशका मुख्य शहरहरुमा शोरुम उद्घाटनमात्र नभई सेल्स, सर्भिस र पार्टसंगै एक्सचेन्जलाई मध्यनजर गरेको उनले दाबी गरे । विगत १५ वर्षदेखि फिगो कम्पनी यो उत्पादन गर्दै आएको र नेपालमा प्रालिले भित्राएको पाँच वर्ष पुगेको उनले बताए । बाईकको चाईनामा उत्पादन र एसेम्बल गरिने उनले बताए। बाईकको बिक्रिसंगै सर्भिसलाई मुख्य ध्यान दिएको उनले बताए । पावर, स्टाईल र ईकोनोमीलाई ध्यान दिने युवाहरुलाई मोटरहेड उपयुक्त भएको उनले बताए।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १ : १८ बजे

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना

पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै

काठमाडौं । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक