१२ असार २०८३, शुक्रबार | June 26, 2026

शहिद यादवनाथ आलोक स्मृति फुटसलको उपाधि तिलोत्तमा नगरपालिका वडा नं. ४ लाई



बुटवल । रुपन्देहीमा सम्पन्न शहिद यादवनाथ आलोक स्मृति फुटसल प्रतियोगिता २०७७ को उपाधि तिलोत्तमा नगरपालिका वडा नं ४ ले हात पारेको छ ।

शनिबार भएको फाईनलमा वडा नं. १ माथि ट्राइबेकरमा ३-२ गोल अन्तरको जित निकाल्दै उपाधि चुमेको हो ।

उपाधिसंगै वडा नं. ४ नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ भने उपविजेता वडा नं. १ नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ ।

यसैगरि प्रतियोगितामा वार्ड १ का अतीत राना सर्वोकृष्ट खेलाडी, वडानं ४ का अमन पुन, वडा नं. १७ का सुरेश राना हाईस्कोर घोषित हुदै नगद १ हजार पाच सय, ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए ।

नेपाल तरुण दल, तिलोत्तमा नगर समितिले संचालन फागुन २० गतेदेखि संचालन भएको प्रतियोगितामा तिलोत्तमा नगरका १७ वटा वडाका तरुण टिमहरुले भाग लिएको संयोजक अर्जुन क्षेत्रीले बताए ।

यसैबिच प्रतियोगिताको उपाधि विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य बाल कृष्ण खाण, शहिद परिवारकी बिना न्यौपाने, तिलोत्तमा तरुण दल अध्यक्ष खेम क्षेत्रीले पुरस्कार वितरण गरेका छन ।

कार्यक्रममा बोल्दै नेता खाडले युवाहरुलाई रचनात्मक र क्षमता विकासका काममा लाग्न सुझाव दिए । खेलमार्फत युवाहरु एकतावद्ध हुने र नया काममा अग्रसर हुनुपर्ने समेत बताए ।

शहिद यादवनाथको स्मरण खेलमार्फत गरेर युवाहरुबाट उदाहरणीय काम गरेको बताए । यसैबिच शनिबार पत्रकार र तिलोत्तमा उद्योग वाणिज्य संघका बिच भएको मैत्री पुर्ण खेलमा संघ विजयी भएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ५ : ४६ बजे

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट

बागमती प्रदेशको गौरव – सालक

बागमती । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका

महामन्त्री पदका आकांक्षी चार नेताद्वारा विपिन आचार्यलाई समर्थन 

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत महामन्त्री

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ