२२ श्रावण २०८३, शुक्रबार | August 8, 2026

नेपाल दृष्टिविहिन उत्थान संघ सैनामैना पुनः अधिकारी



बुटवल । नेपाल दृष्टिविहिन उत्थान संघ सैनामैना-१० रुपन्देहीको १७ औ बार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट पुनः हुमनाथ अधिकारीको अध्यक्षतामा ४ बर्षको लागि नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनबाट उपाध्यक्ष तारापती क्षेत्री, महासचिव मुिक्तनाथ पाण्डे, कोषाध्यक्षमा शंकर रेग्मी, सचिव निर्मला पाण्डे र सदस्यहरुमा रजिता रेग्मी, सुनिल सुवेदी, कमला राना, दामोदर विसी चयन भएका हुन ।

अधिवेशनको उद्घाटन गर्दै प्रदेश सभा सदस्य तथा लुम्बिनी प्रदेश सत्ता पक्षका प्रमुख सचेतक भुमिश्वर ढकालले अपाङ्गता मैत्री प्रदेश निर्माणमा तिन तहका विचमा हातेमालो आवश्यक भएको बताए ।

कार्यक्रममा बोल्दै सांसद ढकालले संघीय सरकार, प्रदेश सरकार तथा स्थानिय तहका बिचमा संमन्वय गरी अब बन्ने भौतिक संरचना अपाङ्गता मैत्री बनाउदै लैजाने भन्दै उनले यसको लागि प्रदेश सरकार जहिले पनि सकारत्मक भएको बताए ।

कार्यक्रममा बोल्दै संसाद ढकालले भने-‘हरेक नागरिकको समस्याको सामाधानका लागि हामी तयार रहेका छौ, अपाङ्गता मैत्री स्थानिय तह, प्रदेश र संघीय सरकारको योजना समेत रहेको कारण सोही अनुसार योजना बनाएर कार्यान्वयन गर्ने कुरामा सकारात्मक छौं ।’

अधिवेशनमा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता हक हित संरक्षणका लागि महासंघ लागिपरेको बताए । उनले हाल सम्म विभिन्न विधेयकको ऐन तथा नियमवाली १० वटा सम्म निर्माण क्रममा रहेको भन्दै यसको लागि तिनै तहका सरकारहरु संग संमन्वयन गर्दै महासंघ अगाडी बढेको बताए ।

कार्यक्रममा सैनामैना नगरपालिका वडा नम्बर-९ का अध्यक्ष डोलराज भण्डारी, नेपाली काग्रेस सैनामैना वडा १० का अध्यक्ष नरेन्द्र बहादुर सोमरे लगायतले शुभकामना मन्त्वय राखेका थिए ।

कार्यक्रममा संस्थाले गत आर्थिक बर्षमा गरेका कामको विषयमा अध्यक्ष हुमनाथ अधिकारीले प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष शंकर रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष लोकनारायण थापा, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल केन्द्रीय सदस्य सन्तोष पन्त, पिताम्बर लम्साल, लुम्बिनी प्रदेश सदस्य दामोदर बि सी, शिला घिमिरे लगायतले आ-आफ्नो भनाई राखेका थिए । कार्यक्रममा सचिव निर्मला पाण्डेको सञ्चालन तथा उपाध्यक्ष तारापती क्षेत्रीको स्वागतमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ४ : ४८ बजे

प्रधानमन्त्री शाहले मध्यराती गरे आफु एक्लो परेको संकेत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आफु एक्लो परेको संकेत

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,