१७ बैशाख २०८१, सोमबार | April 29, 2024

नेपाल दृष्टिविहिन उत्थान संघ सैनामैना पुनः अधिकारी



बुटवल । नेपाल दृष्टिविहिन उत्थान संघ सैनामैना-१० रुपन्देहीको १७ औ बार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट पुनः हुमनाथ अधिकारीको अध्यक्षतामा ४ बर्षको लागि नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनबाट उपाध्यक्ष तारापती क्षेत्री, महासचिव मुिक्तनाथ पाण्डे, कोषाध्यक्षमा शंकर रेग्मी, सचिव निर्मला पाण्डे र सदस्यहरुमा रजिता रेग्मी, सुनिल सुवेदी, कमला राना, दामोदर विसी चयन भएका हुन ।

अधिवेशनको उद्घाटन गर्दै प्रदेश सभा सदस्य तथा लुम्बिनी प्रदेश सत्ता पक्षका प्रमुख सचेतक भुमिश्वर ढकालले अपाङ्गता मैत्री प्रदेश निर्माणमा तिन तहका विचमा हातेमालो आवश्यक भएको बताए ।

कार्यक्रममा बोल्दै सांसद ढकालले संघीय सरकार, प्रदेश सरकार तथा स्थानिय तहका बिचमा संमन्वय गरी अब बन्ने भौतिक संरचना अपाङ्गता मैत्री बनाउदै लैजाने भन्दै उनले यसको लागि प्रदेश सरकार जहिले पनि सकारत्मक भएको बताए ।

कार्यक्रममा बोल्दै संसाद ढकालले भने-‘हरेक नागरिकको समस्याको सामाधानका लागि हामी तयार रहेका छौ, अपाङ्गता मैत्री स्थानिय तह, प्रदेश र संघीय सरकारको योजना समेत रहेको कारण सोही अनुसार योजना बनाएर कार्यान्वयन गर्ने कुरामा सकारात्मक छौं ।’

अधिवेशनमा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता हक हित संरक्षणका लागि महासंघ लागिपरेको बताए । उनले हाल सम्म विभिन्न विधेयकको ऐन तथा नियमवाली १० वटा सम्म निर्माण क्रममा रहेको भन्दै यसको लागि तिनै तहका सरकारहरु संग संमन्वयन गर्दै महासंघ अगाडी बढेको बताए ।

कार्यक्रममा सैनामैना नगरपालिका वडा नम्बर-९ का अध्यक्ष डोलराज भण्डारी, नेपाली काग्रेस सैनामैना वडा १० का अध्यक्ष नरेन्द्र बहादुर सोमरे लगायतले शुभकामना मन्त्वय राखेका थिए ।

कार्यक्रममा संस्थाले गत आर्थिक बर्षमा गरेका कामको विषयमा अध्यक्ष हुमनाथ अधिकारीले प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष शंकर रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष लोकनारायण थापा, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल केन्द्रीय सदस्य सन्तोष पन्त, पिताम्बर लम्साल, लुम्बिनी प्रदेश सदस्य दामोदर बि सी, शिला घिमिरे लगायतले आ-आफ्नो भनाई राखेका थिए । कार्यक्रममा सचिव निर्मला पाण्डेको सञ्चालन तथा उपाध्यक्ष तारापती क्षेत्रीको स्वागतमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ४ : ४८ बजे

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा