६ पुस २०८२, आइतबार | December 21, 2025

नहर भत्किँदा विद्युत् सेवा अवरुद्ध



हुम्ला । हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका नागरिक पाँच दिनदेखि अन्धकारमा बस्दै आएका छन । कुकुरफाल्ना जलविद्युत्को नहर भत्केर विद्युत् आपूर्ति हुन नसक्दा यहाँका नागरिक यही फागुन २० गतेदेखि अन्धकारमा बस्दै आएका हुन ।

रुख ढलेर जलविद्युत्को नहर भत्किँदा मर्मत गर्न समय लाग्ने भएकाले गाउँपालिकाका नागरिक अन्धकारमा बस्दै आएका छन । क्षतिबाट अवरुद्ध भएको नहर मर्मतका लागि फागुन २२ गतेदेखि २० स्थानीयवासीलाई काममा खटाइएको विद्युत् कार्यालयका सहयोगी हरीकृष्ण जैसीले जानकारी दिए ।

एक हप्ताभित्र विद्युत् सेवा आपुर्ति गर्नका लागि नहर मर्मतमा यहाँका स्थानीयवासी लागी परेका छन । रुख ढलेर करिब १० मिटर नहर भत्किएको छ । तीस किलोवाट क्षमता रहेको विद्युत् प्रसारणको नहरमा ठूलो पानी आएका कारण रुख ढलेर क्षति भएको हो ।

विद्युत अवरुद्ध हुँदा वडा तीनको गोरापाली र ढकानीकुनाका नागरिक सहित वडा नं ४, ५ र ६ का पूरै बस्ती अन्धकार भएको छ । विद्युत प्रसारण लाइनमा भने कुनै समस्या नभएको बताइएको छ । रासस

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ७ : ४६ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा