१२ असार २०८३, शुक्रबार | June 26, 2026

एलपिएल :काठमाडौँको हिमालयन ह्वाइट हाउस सेमिफाइनलमा



कैलाली । धनगढीमा जारी लिटरफ्लावर प्रिमियर लिग (एलपीएल) विद्यालयस्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको आज भएको खेलमा काठमाडौँको हिमालय ह्वाइट हाउस सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो खेलमा काठमाडौँकै नेक्सस स्कुललाई चार विकेटले पराजित गर्दै ह्वाइट हाउस अन्तिम चारमा प्रवेश गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेक्ससले १९ ओभर पाँच बलमा सबै विकेट गुमाउँदै १०४ रन बनायो । उसका लागि उत्तम थापाले ३२ रन बनाए । बलिङतर्फ ह्वाइट हाउसका गजेन्द्र बोहराले पाच विकेट लिए ।

एक सय ५ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको ह्वाइट हाउसले १५ ओभरमा छ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । ह्वाइट हाउसको जीतमा दीपक बोहराले अविजित रहँदै ४३ रन बनाए । नेक्ससका पप्पु रायले तीन विकेट लिए ।

खेलको म्यान अफ द म्याच ह्वाइट हाउसका गजेन्द्र बोहरा भए । योसँगै प्रतियोगितामा सेमिफाइनलमा पुग्ने तीन टिमको टुङ्गो लागेको छ । यसअघि बाल बाटिका र लिटल फ्लावर अन्तिम चारमा प्रवेश गरिसकेका छन् ।

यस्तै आजै भएको अर्को खेलमा कञ्चनपुरको शारदा सरस्वतीले स्टेपिङ स्टोन बोर्डिङ स्कुललाई ५६ रनले हराएको हो । शारदाले दिएको ११७ रनको लक्ष्य पछ्याएको स्टेपिङले १४ ओभर तीन बलमा सबै विकेट गुमाउँदै मात्र ६० रन बनाउन सक्यो ।

स्टेपिङका लागि विशाल बिष्टले १७ र अभिषेक कुँवरले १६ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन छुन सकेनन् ।

स्टेपिङलाई सस्तैमा समेट्न शारदाका लागि विकास सुनार र गणेश बहादुरले समान चार÷चार विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको शारदाले २० ओभरमा नौ विकेट गुमाएर ११६ रन जोडेको थियो । शारदाका लागि सुदिप रोकायाले ३४ रन जोडे । उनले ३५ बलमा चार चौका र एक छक्काको मद्दतमा ३४ रनको योगदान दिएका थिए ।

त्यस्तै सागर चन्दले २६ रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ स्टेपिङका लागि अभिषेक कुँवर, रोमन बिष्ट र प्रवेश साउँदले समान दुई/दुई विकेट लिए । अब शारदा सरस्वतीले आफ्नो तेस्रो खेलमा भोलि अत्तरियाको होलिल्याण्डसँग खेल्ने छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ८ : ४६ बजे

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट

बागमती प्रदेशको गौरव – सालक

बागमती । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका

महामन्त्री पदका आकांक्षी चार नेताद्वारा विपिन आचार्यलाई समर्थन 

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत महामन्त्री

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ