५ बैशाख २०८३, शनिबार | April 19, 2026

युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिए



काठमाडौं । इटालियन च्याम्पियन युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

गएराती सम्पन्न अन्तिम १६ को दोस्रो लिगमा पोर्टोलाई ३-२ गोल अन्तरले पराजित गरेको युभेन्टस समग्रमा ४-४ को बराबरी भएपछि अवे गोलको आधारमा पोर्टो क्वाटरफाइनलमा पुगेको हो ।

१० खेलाडीमा सिमित रहेको पोर्टोले ९० मिनेटपछिको अतिरिक्त समयमा गोल गर्दै युभेन्टसलाई च्याम्पियन्स लिगबाट बाहिर पठाएको थियो । यसअघि युभेन्टसले निर्धारित ९० मिनेटमा फेडेरिको चेइसाको दुई गोलबाट २-१ को अग्रता लिदै समग्रमा खेल ३-३ को बराबरी भएको थियो ।

पोर्टोका सर्जियो ओलिभेरियाले खेलको १९औ मिनेटमा गोल गरेका थिए । पोर्टोका मेहदी टारेमिले खेलको ५४औ मिनेटमा रातो कार्ड पाएका थिए ।

अतिरिक्त समयमा पोर्टोले ११५ मिनेटमा गोल फर्काएको थियो भने युभेन्टसका लागि ११७ मिनेटमा अड्रीएन राबिओटले गोल गरेका थिए ।

योसँगै युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएको छ । योसँगै क्रिस्टियानो रोनाल्डोसँगै युभेन्टसको च्याम्पियन्स लिग जित्ने यस बर्षको सपना अधुरो रहेको छ । युभेन्टसले अन्तिम पटक सन १९९६ मा च्याम्पियन्स लिग जितेको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ६ : १६ बजे

खोटाङ र उदयपुरमा भारी वर्षा, नेपालगन्जमा देशमै बढी गर्मी

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा

गोप्य मोबाइलको हल्ला निराधार, छुट्टै फोन र सिमको आवश्यकता छैन : सरकार

काठमाडौँ । सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर

नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त हुने

खजुरा । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको

जेनजी आन्दोलनमा फरार नख्खु कारागारका कैदी सानेपाबाट पक्राउ

ललितपुर । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीबन्दीलाई

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको