२२ बैशाख २०८१, शनिबार | May 4, 2024

श्रवण दृष्टिविहिन परियोजनाको विषयमा अभिमुखिकरण



बुटवल । नेपाल नेत्रहिन संघ रुपन्देहीको आयोजानमा जिल्लामा सञ्चालन भएको ‘श्रवण दृष्टिविहिनता अपाङ्गता भएका व्याक्तिहरुका लागि स्वाथ्य जिवन परियोजना’को विषयमा अभिमुखिकरण प्रदान गरिएको छ ।

सरोकारवाला निकाय, अपाङ्गता सम्बन्धी काम गर्ने संघ संस्था र सञ्चारकर्मीहरुको विचमा अभिभुखिकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला संमन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले अपाङ्गता भएका व्याक्तिहरुको लागि तिनै तहका सरकारले भुमिका खेल्नुपर्नेमा जोड दिए ।

उनले यसको लागि आफुले निरन्तर रुपमा सहयोग गर्ने समेत प्रतिवद्धता जनाए । कार्यक्रममा जिल्ला शिक्षा संमन्वय एकाई कार्यालय भैरहवाका प्रमुख दिपेन्द्र ढकालले समावेशी शिक्षाको अवधारणा अनुसार शिशेष शिक्षाका कार्यक्रममा जिल्ला शिक्षा संम्वय एकाई कार्यालयले सहयोग गर्दे आएको जानकारी दिए ।

कार्यक्रममा नेपाल नेत्रहिन संघका केन्द्रीय सचिव कलाधर भण्डारी, नेपाल नेत्रहिन संघ रुपन्देही श्रवण दृष्टिविहिन परियोजान संयोजक प्रेम आचार्य लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा रुपन्देही नेत्रहिन संघका अध्यक्ष कृष्ण बहादुर जिसी, जिल्ला स्वाथ्य कार्यालय भैरहवाका प्रमुख डा.राजेन्द्र गरी, परियोजना सहजकर्ता टिकाराम पौडेलले लगायतले आ आफ्नो भनाई राखेका थिए ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ५ : ३९ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै