२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

श्रवण दृष्टिविहिन परियोजनाको विषयमा अभिमुखिकरण



बुटवल । नेपाल नेत्रहिन संघ रुपन्देहीको आयोजानमा जिल्लामा सञ्चालन भएको ‘श्रवण दृष्टिविहिनता अपाङ्गता भएका व्याक्तिहरुका लागि स्वाथ्य जिवन परियोजना’को विषयमा अभिमुखिकरण प्रदान गरिएको छ ।

सरोकारवाला निकाय, अपाङ्गता सम्बन्धी काम गर्ने संघ संस्था र सञ्चारकर्मीहरुको विचमा अभिभुखिकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला संमन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले अपाङ्गता भएका व्याक्तिहरुको लागि तिनै तहका सरकारले भुमिका खेल्नुपर्नेमा जोड दिए ।

उनले यसको लागि आफुले निरन्तर रुपमा सहयोग गर्ने समेत प्रतिवद्धता जनाए । कार्यक्रममा जिल्ला शिक्षा संमन्वय एकाई कार्यालय भैरहवाका प्रमुख दिपेन्द्र ढकालले समावेशी शिक्षाको अवधारणा अनुसार शिशेष शिक्षाका कार्यक्रममा जिल्ला शिक्षा संम्वय एकाई कार्यालयले सहयोग गर्दे आएको जानकारी दिए ।

कार्यक्रममा नेपाल नेत्रहिन संघका केन्द्रीय सचिव कलाधर भण्डारी, नेपाल नेत्रहिन संघ रुपन्देही श्रवण दृष्टिविहिन परियोजान संयोजक प्रेम आचार्य लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा रुपन्देही नेत्रहिन संघका अध्यक्ष कृष्ण बहादुर जिसी, जिल्ला स्वाथ्य कार्यालय भैरहवाका प्रमुख डा.राजेन्द्र गरी, परियोजना सहजकर्ता टिकाराम पौडेलले लगायतले आ आफ्नो भनाई राखेका थिए ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ५ : ३९ बजे

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,

सरकारले अब कालो चश्मा हटाउनुपर्छ : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारको