१७ बैशाख २०८१, सोमबार | April 29, 2024

जनजाति अपाङ्ग महिला संघको कार्यशाला गोष्ठि



बुटवल । आदिवासी जनजाति अपांग महिला संघ नेपालले १११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा लुम्बिनी प्रदेश दुई दिने कार्याशाला गोष्ठी गरेको छ ।

राष्ट्रिय आदिवासी जनजाति महिला संघ, लुम्बिनी प्रदेश र अपांगता महिला संघ, रुपन्देहीको संयुक्त समन्वयमा म्हिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन सम्बन्धि महासन्धि सिड र सिडको निर्कष सुझाव र कार्यन्वयको अवस्था सम्बन्धि दुई दिने कार्यशाला गोष्ठि गरिएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्ला दाङ, प्युठान, रोल्पा, कपिलवस्तु, भैरहवा र बुटवलका आदिवासी जनजाति, अपांगता भएका र आदिवासी जनजाति अपांगता भएका महिलाहरुको सहभागी रहेको थियो ।

कार्यक्रमको पहिलो दिनको प्रथम सत्रमा आदिवासी जनजाति महिला र अंपागता भएका महिलाहरुले भाग्दै आएको भाषिक सामाजिक आर्थिक, सामुहि अधिकार साथै विभिन्न तहमा हुने गरेको सहभागीताको चुनौती वारे छलफल गरीएको थियो ।

राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघ नेपालका अध्यक्ष प्रतिमा गुरुङले महिला अधिकार, महिला अधिकारको बुझाई र अन्तराष्ट्रिय निति नियमलाई जोड्दै सिडको परीभाषा र यसको प्रक्रिया बारे प्रष्ट पार्दै स्थानिय स्थरमा यसको कार्यन्वयनको स्थिती वारे प्रष्ट पारेकी थिईन ।

भेलाले ११ सदस्य सहितको लुम्बिनी प्रदेश स्तरीय राष्ट्रिय आदिवासी जनजाति अपांग महिला समिती गठन गरेको छ । भेलाको समापनलाई बुटवल उपमहानगरपालिका उपमेयर गोमा आचार्य, बुटवल उपमहानगरपालिका महिला तथा सामाजिक शाखाका अधिकृत तुलसा अर्याल र सामाजिक शाखा अधिकृत रामप्रसाद आर्याल, आदिवासी जनजाति महासंघको लुम्बिनी प्रदेशका अध्यक्ष दिपक गुरुङ्ग, राष्ट्रिय अपांग महासंघका अध्यक्ष मित्रलाल शर्मा, र राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशका सदस्य जुमान सिंह, राष्ट्रिय आदिवासी जनजाति महिला संघ, लुम्बिनी प्रदेश का फोकल पर्सन हरीकला मगर, अपांगता महिला संघ, रुपन्देहीका अध्यक्ष कल्पना ढकाल, राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष चित्रा रानामगर लगायतले आ आफ्नो भनाई राखेका थिए ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ५ : ४८ बजे

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले