२ पुस २०८२, बुधबार | December 17, 2025

शिवरात्रीको पूर्व संध्यामा नागेश्वर दर्शन धामद्धारा दाता सम्मान तथा धार्मिक सभा सम्पन्न



शुद्धोधन । नागेश्वर दर्शन धाम विकास समिति शुद्धोधन-६ गुरौलीको आयोजनामा नागेश्वर मन्दिरको स्तर उन्नतीका लागि आर्थिक सहयोग गर्ने दाताहरु सम्मान तथा धार्मिक सभा सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेश सासद तुलसी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ७० बर्ष माथिका ३९ जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा मन्दिर स्थापनाका लागि भुमिदान गर्नु श्रीराम लोध, रामलाल लोध, सुख्खु लोध, पिताम्बर लोधलाई सम्मान गरिएको थियो भने कार्यक्रममा मन्दिर निर्माणका क्रममा आर्थिक सहयोग गर्नु दाताहरुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा नागेश्वर दर्शन धामलाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने योजना अनुरुपको आसय सहितको मागपत्र प्रदेश सासद तुलसी प्रसाद चौधरी, शुद्धोधन ५ अध्यक्ष पुण्यराम गौतम, शुद्धोधन ६ अध्यक्ष जय शंकर पाठकलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको कार्यक्रम संयोजक केशबराज कडेलले जानकारीे दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सासद तुलसी प्रसाद चौधरीले संस्थाले माग गरेका कुरा धेरै राम्रो रहेको तर दानब करीडोरको काम अगाडि बढीसकेको हुनाले मन्दिरको बिकल्प खोजी गरि योजना अनुरुपको काममा अगाडि बढ्नुपर्ने र मन्दिरका लागि जग्गाको जोहो गरेर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा शुद्धोधन-६ का अध्यक्ष जयशंकर पाठकले नियमसंगत रुपमा माग पेश गरेकोमा हार्दिक आभार सहित योजना पूरा गर्न यथासक्य प्रयास गर्ने प्रतिवद्धता जनाए । उक्त कार्यक्रममा शुद्धोधन-५ का वार्ड अध्यक्ष पुण्यराम गौतमले योजना अनुरुपको काम पुरागर्न वडाको साथ रहने प्रतिवद्धता व्यक्त गरे ।

नागेश्वर दर्शन धाम र नागेश्वर टोल बिकास संस्थाका अध्यक्ष बौद्धलाल शर्माको अध्यक्षता, पण्डित टिकाराम कडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन रेडियो शुद्धोधनका सञ्चारकर्मि महेन्द्र गौतमले गरेका थिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ६ : ०५ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको