८ बैशाख २०८३, मंगलबार | April 21, 2026

नियम छल्न कागजी उपभोक्ता, निर्माणमा जनप्रनिधिकै डोजर



काठमाडौ । डमी उपभोक्ता समितिको बेथितिका कारण म्याग्दीका पूर्वाधार योजनाको बजेट दुरुपयोग बढेको छ ।

सार्वजनिक खरिद नियमावली, २०६४ ले विकासप्रति उपभोक्ताको अपनत्व, कामको गुणस्तर, प्रभावितले रोजगारी पाउने र छिटो काम होस भन्ने मनसायले एक करोड रुपैयाँसम्म लागत भएका योजना उपभोक्ता समितिमार्फत गर्न सकिने व्यवस्था गरेको छ ।

कोष तथा लेखा नियन्त्रकको कार्यालय म्याग्दीका प्रमुख चन्द्रशेखर सापकोटा उपभोक्ता समितिले दोस्रो–तेस्रो व्यक्ति र व्यावसायीलाई काम लगाउनु खरिद ऐन र आर्थिक अनुशासनविपरीत भएको बताउँछन् ।

‘हेभी इक्युभमेन्ट प्रयोग र व्यवसायी मार्फत काम गर्दा ठेक्का प्रक्रियामा जानुपर्छ’, उनले भने, ‘उपभोक्ताले सीधै ठेकेदार र कोही व्यक्तिलाई काम लगाउँदा बजेट दुरुपयोगको जोखिम हुन्छ ।’

स्थानीय तह, संघीय र प्रदेश सरकार मातहतका कार्यालयले सञ्चालन गरेका सडक, विद्यालय भवन, सिँचाई, नदी नियन्त्रण, खेलमैदान निर्माणका उपभोक्ता समितिमा अनियमितता हुन थालेको छ ।

नीतिगत व्यवस्था र आचारसंहिताविपरीत जनप्रतिनिधिले आफ्ना परिवारका सदस्य, नातेदार, कार्यकर्ता अथवा अनुकूलका व्यक्तिलाई समेटेर उपभोक्ता समिति बनाएर विकास बजेटमा चलखेल गरेको रघुगंगा गाउँपालिका–३ रानीपौवाका दीपक कार्कीले बताए ।

समितिका नाममा ब्याकलोडर, एक्साभेटरजस्ता हेभी इक्युभमेन्ट भाडामा लगाएर कमिसन खाने, कमसल निर्माण सामग्री प्रयोग र योजनालाई अलपत्र बनाएको उनको भनाइ रहेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सन्तोष गौतमले लेख्नुभएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ८ : १५ बजे

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

गीता पाण्डे मृत्यु प्रकरण : आफन्तद्वारा अस्पताल घेराउ, चिकित्सकमाथि कारबाहीको माग

बुटवल । चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप

बुटवलमा बजार व्यवस्थापनमा कडाइ : सडकपेटी र पार्किङ नियन्त्रण गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने

रवि लामिछानेको सांसद पद निलम्बन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई