२७ बैशाख २०८३, आइतबार | May 10, 2026

बाघको आक्रमणबाट थप एक महिलाको मृत्यु



बर्दिया । बर्दियामा बाघको आक्रमणमा परि मधुवननगरपालिका –३ कि २९ बर्षिया रेनुका सुनार मृत्यु भएको छ । उनलाई जंगलमा घाँस काट्न जाँदै गर्दा बाघले आक्रमण गरेको हो ।

साथीहरुसँग जंगलमा घाँस काट्न गएकी सुनारलाई बाघ आक्रमण गरेको थियो । बाघको आक्रमणबाटको खबर पाउनसाथ उद्धारमा खटिएको प्रहरी टोलीले नेपालभारतको सिमा क्षेत्रमा उनको शव फेला पारेको छ ।

सुनारलाई नेपाल भारत सिमा क्षेत्रको ८४ र ८५ नम्बर पिलरको विचबाट बाघले आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले महिलाको शव घाँटी र छातीको मासु खाईसकेको अवस्थामा फेला परेको बताए । उनले शवको पोष्टमार्टका लागि जिल्ला अस्पताल बर्दियामा लगिएको बताए ।

सुनार सँगै घाँस काट्न गएका पाँच जना भने भागेर ज्यान जोगाउन सफल भएका छन् । जंगलबाट फर्केपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

पछिल्लो समय बर्दियामा पाटेबाघको आक्रमणमा ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । बर्दिया जिल्लामा यस अघि फागुन १७ गते गेरुवागाउँपालिकामा भैसी चराउनगएका ६५ बर्षिय एक पुरुष बाघको आक्रमणबाट ज्यान गएको थियो ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ११ : ४६ बजे

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद गतिविधि

यसरी हेर्न सकिन्छ एसईईको नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा

प्रभावकारी बन्दै आवास बीमा कार्यक्रम

नेपालगन्ज । गत वर्षको भदौमा परेको अविरल वर्षाले नेपालगन्ज उपमहानगरपालिका–७

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको