चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि दिउँसोको समयमा दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।
सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो पन्छाउने तथा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले आजदेखि बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी आवागमन बन्द गरिने भएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनाअनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन बन्द रहनेछ ।
चितवन, नवलपुर, बुटवल, दाङलगायत पश्चिम नेपाललाई संघीय राजधानी काठमाडौंसँग जोड्ने प्रमुख सडकखण्ड बन्द हुँदा यस क्षेत्र हुँदै यात्रा गर्ने यात्रु तथा सवारीसाधन प्रभावित हुनेछन् । त्यसैले सम्बन्धित सडकखण्ड भएर यात्रा गर्ने यात्रु तथा सवारीचालकलाई समय व्यवस्थापन गरी वैकल्पिक व्यवस्था अपनाउनुपर्ने हुन सक्छ ।
















प्रतिक्रिया