६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

पशुपतिनाथमा अहिले सम्म साढे दुई लाखले गरे दर्शन



काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोनाको जोखिम कायमै रहे पनि भक्तजन मास्कलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन एवं पूजा आराधनाका लागि शिवालयमा गएका हुन् ।

पशुपतिनाथ मन्दिरमा बिहान साढे ११ बजेसम्म करिब साढे दुई लाख दर्शनार्थीले दर्शन गरेका छन् । पशुपतिनाथ मन्दिरमा एक घण्टाभित्र दर्शन गरेर फर्कन सकिने गरी व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिए । बिहान भने आधा घण्टामै दर्शन गरेर फर्कन सकिने थियो ।

बिहान १० बजेपछि भक्तजनको भीड बढ्न थालेकाले एक घण्टामा दर्शन गरेर फर्कन सकिने छ । बेलुकीसम्म करिब आठ लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने अनुमान गरिएको छ । आज राति दर्शनार्थी आएसम्म मन्दिर खुला रहने जनाइएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  १ : २९ बजे

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा

स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको

हुरीका कारण केरामा क्षति

चितवन । हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन

कैलाली । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२÷८३