१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

पाँच अर्ब बढी मूल्य पर्ने साढे दुई किलो युरेनियमसहित चार जना पक्राउ



काठमाडौं । नेपालमा पहिलो पटक अति संवेदनशीन युरेनियमको अवैध कारोबार हुने गरेको पुष्टि भएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले साढे दुई किलो युरेनियमसहित चार जनालाई पक्राउ गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी प्रहरीले ठूलो परिणाममा युरेनियम जफत गरेको जनाएको हो ।

पत्रकार सम्मेलनमा एआईजी हरिबहादुर पालले साढे दुई किलो युरेनियमसहित चार जनालाई बिहीबार पक्राउ गरेको जानकारी दिए । पक्राउ पर्नेमा ४० वर्षीय नारायण सिंह तामाङ, ४० वर्षीया जानुका तामाङ, २० वर्षीय प्रकाश चौहान र २० वर्षीय मनोज न्यौपाने रहेका छन्।

प्रहरीका अनुसार नारायण सिंह र जानुका रामेछाप लिखु तामाकोशीका हुन् भने चौहान रामेछापको बागजोरका हुन् । यसैगरी न्यौपाने सिन्धुलीको सुनकोशीका हुन्। जफत गरिएको युरेनियमको मूल्य पाँच अर्ब रुपैयाँभन्दा बढी हुने एआईजी पालले बताए ।

राष्ट्रिय विधि विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गर्दा प्राकृतिक युरोनियम भएको पाइएको एआईजी पालले बताए ।

बरामद युरेनियम प्रशोधन नगरिएको युरेनियम २३८ हो । यसलाई प्रशोधन गरेपछि युरेनियम २३५ बनाइन्छ ।

लाई प्रशोधन गरेर युरेनियम २३५ बनाइन्छ। एक किलोग्राम युरोनियम २३५ बाट निस्किने ऊर्जा तीन लाख टन कोइलाबाट निस्किने ऊर्जा बराबर हुने मानिन्छ। १० ग्राम युरेनियम २३५ को मूल्य २० लाख ९ हजार डलर अर्थात् १८ करोड रुपैयाँभन्दा माथि पर्न जान्छ।

युरेनियम आणविक उर्जा बनाउन प्रयोग गरिन्छ । अमेरिका, रुस, चीन, उत्तर कोरिया, भारत, पाकिस्तान जस्ता मुलुकसँग यही युरेनियमबाट तयार पारिएका घातक आणविक बम रहेका छन् । युरेनियम सबैभन्दा मूल्यवान धातु हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ४ : ३५ बजे

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७